• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

आधारभुत विद्यालय विसहरियामा विद्यार्थी आउन छाडे 

आधारभुत विद्यालय विसहरियामा विद्यार्थी आउन छाडे 
रामनाथ यादव
राजविराज, १५ मंसिर ।
सप्तरीको राजविराज नगरपालिका १३ स्थित राष्ट्रिय सत्यनारायण मुनिया आधारभूत विद्यालय भेल्ही विसहरियामा विद्यार्थी आउन छाडेका छन् ।
विद्यालय प्रशासनको लापरबाहीले  शिक्षक तथा विद्यार्थी आउन छाडेका हुन् ।
विद्यालयमा आबश्यक पुर्वाधार नहुँदा र विद्यार्थीले पाउने सेवासुविधा उपलब्ध नहुँदा विद्यार्थीहरु विद्यालय आउन छाडेको स्थानीयले बताएका छन् ।
विद्यार्थी नै आउन छोडेपछि शिक्षकहरु समेत विद्यालय आउन छाडेको स्थानीयहरु बताउँछन् ।
 “विद्यालयकाे स्थापना २०६६ सालमा भएकाे हाे तर अवस्था जिर्ण रहेकाे छ, एक स्थानीयले भने, विद्यालयमा घेरावेरा वा पर्खाल नभएकाे कारण विद्यालयमा गाई भैंसी चराउने ठाउँ ( गौचरन) वनेकाे छ ।”
 विद्यालयमा ट्युबवेल छ तर पानी आउदैन , चर्पी छ तर व्यवस्थित छैन, उनले भने ।
विद्यालयमा १ जना प्रावि शिक्षक , २ जना वालविकास र १ जना कार्यालय सहयाेगी कार्यरत छन् ।
 शुक्रबार न्यूज टुडेको टोलि पुग्दा १२ वजे नै विद्यालयमा ताला लागेको भेटिएको थियो भने शिक्षक- विद्यार्थी  कोहि थिएनन् । विद्यालयका प्रधानाध्यापक विना देवलाई फाेन मार्फत बुझ्दा माग फारम भर्न गएकाले विद्यालय आउन नसकेको बताइन् । राजविराज नगरपालिका शिक्षा शाखा प्रमुख भाेगेन्द्र प्रसाद यादवसंग सम्पर्क गर्दा  मिटिङमा रहेको बताउदै केही समय पछि कुराे गर्छु भन्दै पन्छिए । वडा अध्यक्ष त्रिलाेकीनाथ चाैधरीले  गाउँमा दुईवटा सामुदायिक विद्यालय भएकाे कारण विद्यार्थीहरुकाे न्यून उपस्थित रहेको बताए।
शिक्षकहरुले कसलाई पढाउने  विद्यार्थी आउदैन, उनले भने,यहाँका अभिभावकहरु पनि त्यस्तै रहेकाे छ छाेराछाेरीहरुलाई पढ्न विद्यालय पठाउदैन त्यसैले याे विद्यालयकाे अवस्था लथालिङ्ग हुन पुगेको छ ।  राजविराज आउदै गरेकी वालविकास शिक्षक विनिता यादवले आज ३ जना मात्र विद्यार्थी उपस्थित रहेकाेले १२ वजे सम्म पढाएर विद्यालय बन्द गरिएकाेको बताइन् ।