• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

अग्नीसाइरमा सिरक खरिदमा मनपर्दी, लाखौं अनियमितता

अग्नीसाइरमा सिरक खरिदमा मनपर्दी, लाखौं अनियमितता
न्यूज टुडे
राजविराज, १५ मंसिर ।
सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिकामा फाईवर सिरक खरिदमा मनपर्दी गरेको पाइएको छ । स्थानीय सरकार संचालन ऎन प्रतिकुल हुने गरि नियम मिचेर लाखौ मुल्यको सिरक खरिद गरि बजेट दुरुपयोग गरेको खुलासा भएको हो ।
पालिकाले विपद व्यवस्थापन आर्थिक सहयोग शिर्षकमा २३ लाख ६४ हजार ५ सय २५ रुपैयामा खरिद गरेको फाईवर सिरकमा मनपर्दी गरेको महालेखाले ठहर गरेको छ ।
महालेखा परिक्षकको प्रतिबेदन २०७९ अनुसार पालिकाले खरिद गरेको सिरक नियमसम्वत नभएकोले बेरुजु ठहर गर्दै भुक्तानी दिइएको रकम फिर्ता गर्नुपर्ने बताइएको छ ।
“स्थानीय सरकार संचालन ऎन, २०७४ को दफा २४ मा स्थानीय तहले उपयोगिता सिर्जना हुने गरि अधिकतम् प्रतिफल दिने कार्यक्रम छनोट गरि कार्यान्वयन गर्नुपर्ने व्यवस्था छ । गाउँपालिकाले विपद व्यवस्थापन आर्थिक सहयोग शिर्षकबाट १ हजार ५ सय थान फाईवर सिरक खरिद गरि साहना ट्रेडर्स कन्सर्नलाई २३ लाख ६४ हजार ५ सय २५ भुक्तानी दिएको छ, प्रतिबेदनमा भनिएको छ, खरिद गरेको सिरक मध्ये गाउँपालिकाले १ हजार २ सय ५० थान वडाहरुमा वितरणका लागि पठाएकोमा ३ सय ५६  सिरक वितरण गरेको विवरण पेश भएतापनि बाँकी सिरक वितरणको प्रमानित भरपाई पेश भएको छैन, प्रतिबेदनमा अगाडि भनिएको छ, प्रतिफल नदिने कार्यक्रम संचालन गर्नु नियमसम्वत देखिदैन । यसप्रकारको खर्च नियन्त्रण गर्नुपर्छ । साथै उक्त सामाग्री वितरणको लागि सम्बन्धित लाभग्राहीको परिचयपत्र नम्बर तथा सम्पर्क नम्बर खुल्ने विवरणको भरपाई पेस गर्नुपर्दछ । “
अग्नीसाईर कृष्णासवरन गाउँपालिकाम विभिन्न शिर्षकमा करोडौं रकम बेरुजु ठहर भएको छ भने असुली तर्फ चासो लिएको देखिदैन ।