• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सुशासनको जतिसुकै रटान लगाएपनि भित्रभित्रै भ्रष्टाचार भुसको आगो झैं फैलँदो छ । विशेष गरी स्थानीय तहमा त यसकै कारणले कर्मचारीका वीच नै द्वन्द खडा हुने गरेका असंख्य उदाहरण छन् ।
स्थानीय तहमा प्रमुख कार्यकारी अधिकृत बाहिरबाट सरुवा भई आए भने अनेक प्रकारको तिकडम लगाएर उनलाई टिक्नै नदिनको पछाडि यस्तै भ्रष्ट कर्मचारीको गिरोहले काम गर्ने गरेको सम्बन्धि कार्यालयकै स्वच्छ छविका कर्मचारी बताउँछन् । दरबन्दी अनुसारको कार्यालय प्रमुख आउँदा पनि उसलाई अनेक प्रकारका व्यवधान खडा गरी टिक्न नदिने अनि निमित्त कार्यालय प्रमुख बनेर खुट्टा घुमाउने मनसुवाका कारण कतिपय स्थानीय तहमा हाकिम नै नटिक्ने रोग हावी भएको वास्तविकता छ । यही कारणले ती स्थानीय तहमा आर्थिक कारोबार नै प्रभावित हुने गरेको अवस्था पनि नरहेको होईन ।
कार्यालयलाई ठीक तबरले सञ्चालनकालागि कर्मचारीका वीच पनि समन्वयको आवश्यकता रहन्छ । तर केही कर्मचारी स्थानीय रहेका कारण डन प्रबृत्तिको प्रदर्शन गर्ने,राजनीतिक आडमा कार्यालयमा तल्लो तहमा रहेर पनि माथिल्लालाई नटेर्ने गरेका कारण झमेलामा पर्नु भन्दा अन्यत्रै सरुवा गराएर जान माथिल्ला तहका कर्मचारी (कार्यालय प्रमुख समेत) ले पनि रुचाउने गरेका कारण त्यस्ता स्थानीय तहमा हाकिम नटिक्ने रोग व्याप्त रहेको अवस्था छ ।
पदीय क्षमताले नभ्याउँदा समेत निमित्तै रुपमा भए पनि हालिमुहाली गर्ने सोचका साथ यस प्रकारको अनुशासनहीन प्रबृत्ति बढेको मान्न सकिन्छ । यस प्रकारको विकृतिलाई पालेर नै राखिरहने हो भने त्यस्ता स्थानीय तहहरुले कहिले विकास गर्लान् ?