• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

मधेश प्रदेशको शैक्षिक सुधारमा महत्वपूर्ण काम भएको छ :  शिक्षामन्त्री 

मधेश प्रदेशको शैक्षिक सुधारमा महत्वपूर्ण काम भएको छ :  शिक्षामन्त्री 
न्यूज टुडे
राजविराज, १२ मंसिर ।
मधेस प्रदेशका शिक्षा मन्त्री महेश प्रसाद यादवले यस प्रदेशको शैक्षिक सुधारका लागि विभिन्न जिल्लाहरूमा महत्त्वपूर्ण काम भएको बताएका छन् ।
सप्तरीको बोदे बर्साईन नगरपालिका वडा नम्बर ८ काचनमा रहेको श्री राजाजी जनता माध्यमिक विद्यालय काचनको ६५ औं बार्षिकोत्सवको अवसरमा बुधबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
सवै क्षेत्रको विकासको लागि शैक्षिक क्षेत्र महत्वपुर्ण पाठ भएको उल्लेख गर्दै मन्त्री यादवले शैक्षिक सुधारका लागि मधेस प्रदेशका विभिन्न जिल्लामा महत्वपुर्ण काम भएको दाबी गरे ।
शिक्षा क्षेत्रको चौतर्फी विकासका लागि सरोकारवालासंग सहकार्य गर्नको लागि आफुहरु निरन्तर लागि परेको उल्लेख गर्दै मन्त्री यादवले विद्यालयहरुमा गुणस्तरीय शिक्षाका लागि सबैको सहयोग हुनुपर्नेमा जोड दिए ।
काचन गाउँमा रहेको यो बिधालयले  विधार्थी गाउँमा लगेर पठनपाठन गराउन सफल भएको बताउदै उनले विद्यालयको आबश्यक विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
विद्यालयका प्रधानाध्यापक सत्य नारायण यादवले आगामी दिनहरुमा भावी योजना तथा रणनीति प्रस्तुत गर्दै विद्यालयलाई नगरपालिकाकै एक नमुना विद्यालयको रुपमा स्थापित गर्ने बताए ।
उक्त अवसरमा शैक्षिक सत्र २०८० मा कक्षागत रुपमा र विद्यालयबाट प्रथम, दृतीय र तृतीय स्थान हासिल गर्ने छात्रछात्रालाई पुरस्कार र प्रमाण पत्र वितरण गरिएको थियो। कार्यक्रममा प्राज्ञ नेपाल प्रतिष्ठान सदस्य डा .सुर्य नारायण यादव , नगर शिक्षा अधिकृत राम सागर यादव , वडा अध्यक्ष बैधनाथ चौधरी , लगायतको उपस्थिति रहेको थियो ।
 बिधालय व्यवस्थापन समितिका अध्यक्ष लाल बहादुर यादवको अध्यक्षतामा आयोजित कार्यक्रमको संचालन शिक्षक राम चलित्र चौधरीले गरेका थिए ।