• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सशस्त्र प्रहरी नायव महानिरीक्षक शाहद्वारा नवनिर्मित भवन उद्घाटन

सशस्त्र प्रहरी नायव महानिरीक्षक शाहद्वारा नवनिर्मित भवन उद्घाटन
न्यूज टुडे
राजविराज, १३ मंसिर ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता वाहिनी मुख्यालय महोत्तरीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक दीपेन्द्र शाहले सशस्त्र प्रहरीको नवनिर्मित भवन उद्घाटन गरेका छ्न । नेपाल–भारत सीमा क्षेत्र बोदे बर्साईन नगरपालिका वडा नम्बर ८ काचन सोनापुरमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी)को नवनिर्मित भवन बुधबार आयोजित एक समारोहका विच उनले उद्घाटन गरेका हुन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि सशस्त्र प्रहरी डिआइजी शाह । फोटो:न्यूज टुडे
भवन उद्घाटन गर्दै डिआइजी साहले भवनको सुविधा भएसंगै सशस्त्र प्रहरीद्वारा जनतालाई सेवा प्रदान गर्न सहज हुने विश्वास व्यक्त गरे । नेपाल–भारत सीमामा विभिन्न गतिविधि हुने यी क्षेत्रमा सीमा सुरक्षासँगै अवैध गतिविधि नियन्त्रण गर्ने उद्देश्यले एक वर्षअघि बीओपी स्थापना गरिएको उल्लेख गर्दै उनले यसले सिमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई हौसला मिलेको बताए ।
सशस्त्र प्रहरी नायब महानिरीक्षक शाहले सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण गर्न सशस्त्र प्रहरीले कुनै कन्जुस्याईं नगर्ने बताए। सीमा क्षेत्रमा बीओपी स्थापना भएपछि सीमा सुरक्षा मजबुत बन्दै जाने उनको विश्वास थियो ।
कार्यक्रममा विशिष्ट अतिथि  प्रमुख जिल्ला अधिकारी (सिडिओ) किरण थापा, नेपाली सेना बरखदल गणका गणपति प्रमुख सेनानी रमेश पाण्डे, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख, प्रहरी उपरीक्षक गजु सिद्धि बज्राचार्य  , सशस्त्र प्रहरी बल, नेपाल ६ नम्बर गण हे.क्वा. सप्तरीका गणपति सशस्त्र प्रहरी उपरीक्षक धन बहादुर सिंह, राष्ट्रिय अनुसन्धान कार्यालय सप्तरीका प्रमुख उप-अनुसन्धान निर्देशक, सुरेन्द्र कोईराला , सशस्त्र प्रहरी बल, नेपाल  ६ नम्बर गण हे.क्वा. सप्तरीका सहायक गणपति सशस्त्र प्रहरी नायब उपरिक्षक मोहनराज विष्ट , सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म पातोका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक प्रेम प्रसाद सिग्देल ,  वडा अध्यक्ष बैजनाथ चौधरी, जग्गा दाता हिरालाल यादव, कमल देव यादव, कामेश्वर यादवलगायतको उपस्थिति रहेको थियो ।
उक्त भवनका लागि बोदेबर्साईन नगरपालिका –८ का हिरालाल यादव ,कमल देव यादव र कामेश्वर यादवले गरि ९ कठ्ठा ६ धुर जग्गा निःशुल्क उपलब्ध गराएका थिए।
यसअघि ती क्षेत्रमा सशस्त्र प्रहरी अस्थायी संरचनामा बस्दै आएको थियो । करिब रु ८४ लाख ९६ हजार लागतमा भवन निर्माण गरिएको बताइएको छ । अन्य सीमा क्षेत्रमा पनि चाँडै भवन निर्माण गरिने लक्ष्य सशस्त्र प्रहरीले लिइएको छ।