• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

प्रावि स्तरीय हाजिरी जवाफ प्रतियोगितामा बकधुवा भिमार प्रथम

प्रावि स्तरीय हाजिरी जवाफ प्रतियोगितामा बकधुवा भिमार प्रथम
न्यूज टुडे
राजविराज, १३ मंसिर ।
श्री ठाकुरजी मित्र मिलन समाज अग्नीसाईर कृष्णासवरन गाउँपालिका ६ महुलीद्वारा आयोजित प्राथमिक विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगितामा हिरावती आधारभुत विद्यालय बकधुवा भिमार प्रथम भएको छ । सप्तरीको दि एभरेष्ट सेकेण्डरी बोडिङ्ग स्कुल महुलीमा बुधबार आयोजित प्रतियोगितामा बकधुवा भिमारले प्रथम स्थान हाँसिल गर्न सफल भएको हो ।
हाजिरी जवाफ प्रतियोगितामा मन्चासिन प्रमुख अतिथिसहित अतिथिगणहरु । फोटो: न्यूज टुडे
गाउँपालिका अन्तर्गतका विभिन्न १४ विद्यालय सहभागी  प्रतियोगितामा दि एभरेष्ट सेकेण्डरी बोडिङ स्कुल महुली द्वितीय , जनचेतना माध्यमिक विद्यालय घोघिदाहा तृतीय र माध्यमिक विद्यालय भुर्की सितापुरले सान्त्वना स्थान हाँसिल गर्न सफल भएको छ ।
सहभागी विद्यार्थीहरुलाई द्वितीय पुरस्कार प्रदान गर्दै सानाकिसानका अध्यक्ष दुर्गानन्द चौधरी । फोटो : न्यूज टुडे
श्री ठाकुरजी मित्र मिलन समाजका अध्यक्ष श्यामकान्त चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका  उपाध्यक्ष कल्पना कुमारी चौधरी, आयोजक समितिका अध्यक्ष श्यामकान्त चौधरी, सानाकिसान कृषि सहकारी संस्था महुलीका अध्यक्ष दुर्गानन्द चौधरी, व्यवस्थापक अर्जुन कोइराला, दि एभरेष्ट सेकेण्डरी बोडिङ्ग स्कुल महुलीका प्रिन्सिपल विनोद प्रसाद देव, नेपाल पत्रकार महासंघका प्रदेश परिषद सदस्य बृजमान तामाङलगायतकाले  क्रमशः प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कार प्रदान गरे ।
प्रतियोगितामा उत्कृष्ट छात्रछात्रालाई प्रमाणपत्र, मेडलबाट सम्मानित गरिएको थियो भने सहभागी विद्यार्थीहरुलाई समेत प्रमाणपत्र प्रदान गरिएको थियो ।
प्रथम स्थान ल्याउने छात्रछात्रा र विद्यालयलाई सम्मान गर्दै उपाध्यक्ष चौधरी र प्रिन्सिपल देव । फोटो : न्यूज टुडे
कार्यक्रममा बोल्दै उपाध्यक्ष चौधरीले विद्यार्थीहरुलाई प्रोत्साहन गर्दै शिक्षा क्षेत्रको विकासमा कार्यक्रम उपयोगी हुने बताइन् । कार्यक्रम आयोजना गरेकोमा आयोजकको प्रशंसा गर्दै उनले कार्यक्रम संचालनका लागी गाउँपालिकाको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन ।
मावि सितापुर भुर्कीका छत्रछात्रालाई पुरस्कार प्रदान गर्दै पत्रकार बृजमान तामाङ । फोटो: न्यूज टुडे
 सानाकिसानका अध्यक्ष दुर्गानन्द चौधरी, व्यवस्थापक अर्जुन कोइराला , दि एभरेष्टका प्रिन्सिपल विनोद देव, पत्रकार बृजमान तामाङलगायतकाले  शुभकामना मन्तव्य व्यक्त गर्दै स्थानीय सरकारले सामाजिक रुपान्तरण हुने क्षेत्रमा काम गर्न अग्रसर संस्थालाई सहयोग गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रमको संचालन ठाकुरजी मित्र मिलन समाजका आजिवन सदस्य लक्ष्मीकान्त चौधरीले गरेको थियो ।
मायाको चिनो ग्रहण गर्दै गाउँपालिका उपाध्यक्ष चौधरी । फोटो : न्यूज टुडे
उक्त अवसरमा अग्नीसाइर कृष्णासवरन गाउँपालिका र  दि एभरेष्ट सेकेण्डरी बोडिङ्ग स्कुल महुलीलाई मायाको चिनो प्रदान गरिएको थियो ।
गत कार्तिक २२ गते मावि स्तरीय र मंसिर ६ गते आधारभुत स्तरीय प्रतियोगिता सम्पन्न गरेका मित्र मिलन समाजले शिक्षा, स्वास्थ्य र रोजगारीको क्षेत्रमा निरन्तर काम गरिरहेका छन् ।