• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

विगत ४६ दिनदेखि राजविराज नगरपालिका १० स्थित बिरौलमा रिले अनसन चलिरहेको छ । सोही स्थानमा निर्माण हुने भनिएको रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम अबिलम्ब सुचारु गर्न मागका साथ अनसन थालिएको थियो ।
अनसन स्थलमा पुगेर विभिन्न दलका नेता, मन्त्री समेतले ऐक्यबद्धता मात्र जनाएनन् बरु यसकालागि सरकारको ध्यानाकर्षण गर्ने,दवाव दिने समेत प्रतिबध्दता जनाए । अनसनकारीलाई ढाढस दिने काम त भयो तर व्यवहारमा उनीहरुले पनि अहिलेसम्म केही पनि गरेको पाईएन । जनाएको प्रतिबद्धता पूरा होला नहोला तर त्यसकालागि कम्तिमा प्रयास त गरिनु पथ्र्यो । अनसन स्थलमा विदा भएर हिँडेपछि गरेको प्रतिबध्दता कतै भुलिएको त होईन ? भन्दै अहिले प्रश्न गर्नेहरुको पनि कमी छैन ।
अहिले यही आन्दोलन प्रति ऐक्यबध्दता जनाउँदै सप्तरी युथ नेपालका युवाहरुको अग्रसरतामा राजविराजमा आन्दोलनका कार्यक्रम घोषणा गरी उनीहरु प्रदर्शनमा उत्रिसकेका छन् । चरणबद्ध आन्दोलनका साथ उनीहरु अघि बढेका छन् । माग पूरा नभए थप कडा आन्दोलनका साथ अघि बढ्ने समेत उनीहरुले सरोकारवालाको ध्यानाकर्षण गराईसकेका छन् ।
प्रमुख जिल्ला अधिकारी, राजविराजकी कार्यवाहक मेयरलाई ज्ञापन पत्र बुझाउँदै उनीहरुले आन्दोलनका कार्यक्रम अघि सारेका कारण अव स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम सुचारु गराउन माग राखी दुई दुईवटा आन्दोलनको थालनी भएको छ । जनतालाई आश्वासन मात्र होईन काम गरेर देखाउनु पर्ने समय हो यो ।
विकासमा उसै पनि पछि परेको सप्तरीमा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भई दिए यसले विकासमा गति ल्याउने अपेक्षा लिईएको छ । जनतालाई निराश बनाएर राख्ने मात्र होईन, गरेको प्रतिबध्दता तथा थालेको कामलाई पूर्णता दिने तर्फ ध्यान पु¥याउन जरुरी छ ।