• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
मिटर व्याजी रेणु साह पक्राउ
नर्मदेव यादव
रुपनी, १२ मंसिर ।
सप्तरीको खडक नगरपालिका ७ कल्याणपुरका कुख्यात मिटर व्याजी रामदेव साहको जेठी छोरी रेणु साह पक्राउ परेकी छिन् ।
मिटर व्याजी आरोपमा अदालतले पक्राउ गरि अनुसन्धान गर्न आदेश दिएपछि फारर रहेकी साहलाई जनकपुरबाट सोमबार प्रहरीले नियन्त्रणमा लिएका हुन् ।
पक्राउ परेकी साह इलाका प्रहरी कार्यालय कल्याणपुरको हिरासतमा रहेकी छिन् । सप्तरी जिल्ला अदालत राजविराजले २०७९/०७/१६ गते पक्राउ पुर्जी जारी गरेपछि साह फरार थिइन् । रेणु मिटरव्याजी रामदेव साहको जेठी छोरी हुन ।
रामदेव साह भने अझै फरार छ्न ।

यसअघि साहको छोरा नन्द किशोर साह २०७९ जेठ २६ गते धरानबाट पक्राउ परेका थिए भने उनका कान्छी छोरी अनुराधा साह २०७९ जेठ २८ गते काठमाडौबाट पक्राउ परेकी थिइन् ।
पक्राउ परेका दुदैजना राजविराज कारागारमा रहेको छ ।
रामदेव साहको कान्छी छोरी अनुराधा साह । फोटो: न्यूज टुडे
रामदेव साहसहित ८ जना विरुद्ध तैयव अलिसहितका १७ जना मिटर व्याजी पीडितहरुले २०७८ माघमा प्रहरीमा निवेदन दर्ता गराएका थिए ।
उनीहरुले ॠण लिएको साँवा व्याज चुक्ता गर्दा समेत दृष्टिबन्धक राखेको जग्गा फिर्ता नगरेकोले आफुहरु घरवारविहीन हुनुपरेको भन्दै कारबाहीका लागि पीडितहरुले प्रहरीमा उजुरी गरेका थिए ।