• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

अग्नीसाइरका विभिन्न व्यक्तिलाई ११ लाखबढी पेश्की 

अग्नीसाइरका विभिन्न व्यक्तिलाई ११ लाखबढी पेश्की 

न्यूज टुडे

राजविराज, १२ मंसिर  ।
सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिकामा कर्मचारीसहित विभिन्न व्यक्तिको नाममा लाखौं पेश्की बाँकी रहेको खुलासा भएको छ । गाउँपालिकाबाट विभिन्न कामको लागि रु ११ लाख ३१ हजार ८ सय रुपैयाँ पेश्की लिएर विभिन्न व्यक्तिले फछ्र्यौट नगरेको पाइएको हो ।
महालेखा परिक्षकको प्रतिबेदन २०७९ अनुसार प्रवीण कुमार यादवमाथि ३ लाख, बाबुराम चौधरीमाथि २५ हजार, रन्जित कुमार चौधरीमाथि ६ हजार ८ सय, रमेश कुमार घिमिरेमाथि ५ लाख, लक्ष्मण चौधरीमाथि २५ हजार, श्याम कुमार चौधरीमाथि २ लाख ५० हजार र सुरेश कुमार चौधरीमाथि २५ हजार पेश्की रहेको छ ।
“आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायी नियमावली, २०७७ को नियम ५२ मा कुन काम बापत पेश्की दिएको हो,सो समेत खुलाई अर्को आर्थिक बर्षको जिम्मेवारी सारी लेखापरिक्षण गर्ने निकायले फछ्र्यौट हुन बाँकी पेश्की रकमलाई अन्तिम लेखा प्रतिबेदनमा समाबेश गर्नुपर्दछ, महालेखा परिक्षकको प्रतिबेदन भनिएको छ, गाउँपालिकाले यसबर्ष विभिन्न कामको लागि कर्मचारीहरु तथा विभिन्न व्यक्तिलाई दिएको पेश्की फछ्र्यौट नगरेकोले नियम अनुसार फछ्र्यौट गर्नुपर्छ । “
महालेखा प्रतिबेदन अनुसार अग्नीसाइर कृष्णासवरन गाउँपालिकामा जनप्रतिनिधि, विभिन्न व्यक्ति, निर्माण कम्पनी तथा उपभोक्ता समिति गरि ४ करोड २८ लाख २७ हजार ५ सय ३९ रुपैयाँ बेरुजु असुल गर्न बाँकी छ ।