• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

धर्मीहल्फाद्वारा अग्निपिडित परिवारलाई राहत

धर्मीहल्फाद्वारा अग्निपिडित परिवारलाई राहत

न्यूज टुडे
राजविराज, ११ मंसिर ।
धर्मीहल्फा महिला विकास क्लव लालापट्टी सप्तरीद्वारा  अग्निपिडित परिवारलाई राहत वितरण गरेको छ । आगलागीबाट सर्वस्व गुमाई बिच्चलीमा परेका महादेवा गाउँपालिका ६ ढिकलीका २ अग्निपीडित परिवारलाई सोमबार आयोजित एक समारोहको विच क्लबद्वारा राहत वितरण गरेको हो ।
संस्थाको अध्यक्ष समाजसेवी इन्जिनियर सूर्य नारायण यादवले अग्निपीडित सहश मण्डल र रामचन्द्र मण्डलको परिवारलाई राहत स्वरुप, त्रिपाल,झुल, तन्ना, धोती, साड़ी,थाल, गिलास ,डेकची, कन्ती, डाडु बाल्टिन,जग लगायतका राहत सामाग्री प्रदान गरे ।
कार्यक्रममा समाजसेवी भूवनेश्वर झा, विश्व नाथ यादव लगायतका स्थानीय बुद्धिजीवी समाजसेवीहरुको उपस्थिति रहेको थियो ।
गत मंसीर १० गते आगलागी हुँदा अनुमानित १५ लाख भन्दा बढीको क्षति भएको थियो ।