• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

खडक नगरपालिकाको १० नम्बर वडा बालविवाह मुक्त घोषणा

खडक नगरपालिकाको १० नम्बर वडा बालविवाह मुक्त घोषणा

न्यूज टुडे
राजविराज, ११ मंसिर ।
सप्तरी खडक नगरपालिका वडा नम्बर १० बालविवाह मुक्त वडा घोष्णा भएको छ । सोमबार आयोजित एक समारोहका विच १० नम्बर वडालाई बालविवाह मुक्त घोषणा गरेको हो ।
सेभ द चिल्ड्रेन र सबल नेपालको आर्थिक सहयोगमा उक्त वडा बालविवाह मुक्त वडाको रुपमा खडक नगरपालिकाकी उपमेयर रिता कुमारी चौधरी घोषणा गरिन ।
बालविवाह मुक्त वडा घोषणा गर्दै नगर उपप्रमुख चौधरीले बालविवाह मुक्त घोषणा भएसंगै यहाँका अभिभावक, शिक्षक शिक्षिका, स्वास्थ्यकर्मी, आमा समूह लगायत सबै समाजसेवीको जिम्मेवारी थपिएको बताइन् । उनले कागजी रुपमा घोषणा भएको बालबिवाह मुक्त बनाउन सबैले आ–आप्mनो तर्फबाट यो अभियान सफल बनाउन लाग्न आग्रह गरिन ।

बालविवाह विरुद्ध नाटक प्रस्तुत गर्दै स्थानीय कलाकारहरु । फोटोः न्युज टुडे

यसैगरी महिला अधिकारकर्मी सुनिता साहले वडाको काँधमा थपिएको जिम्मेवारी पूरा गर्नका लागि सबैको सहयोग आवश्यक रहेको बताइन् । खडक नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष राजेन्द्र प्रसाद चौधरीको अध्यक्षतामा आयोजित बालविवाह मुक्त वडा घोषणा कार्यक्रममा पूर्व गाविस अध्यक्ष शत्रुधन प्रसाद साह (अजाद) शिक्षक देवराम यादव, खडक नगरपालिका कार्यपालिका सदस्य गौरी चौधरी सहिकाले मन्तव्य व्यक्त गरे । कुल ७ सय २ घर दुरी रहेको उक्त वडामा गत वर्ष ४५ वटा बिवाहा भएको थियो जसमा सबैले २० वर्ष पूरा गरेको प्रतिवेदन पेस गरेको थियो