• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सप्तरी युथद्वारा प्रतिष्ठान निर्माण गर्न माग गर्दै प्रदर्शन

सप्तरी युथद्वारा प्रतिष्ठान निर्माण गर्न माग गर्दै प्रदर्शन

न्यूज टुडे
राजविराज, ११ मंसिर ।
सप्तरी युथ नेपालद्वारा रामराजा सिंह स्वास्थ्य बिज्ञान प्रतिष्ठान निर्माण गर्न माग गर्दै राजविराजमा सोमबार प्रदर्शन गरिएको छ।
आन्दोलन परिचालन समितिका संयोजक सत्येन्द्र यादवको नेतृत्वमा रहेका युवाहरुको समुहले विभिन्न नारावाजी गर्दै विरोध प्रदर्शन गरेको हो ।
स्थानीय राज रंगशालाबाट निकालिएको युवाहरूको जुलुस नगरको विभिन्न भाग परिक्रमा गर्दै जनआन्दोलन चोकमा पुगि कोण सभामा परिणत भएको थियोे ।
आन्दोलन परिचालन समितिका संयोजक यादवको अध्यक्षतामा भएको कोण सभामा प्रतिस्ठान निर्माण स्थलमा रिले अनसन बसिरहेका राम कुमार दास, नेकपा एमालेका युवा नेता अखिलेश झा, सप्तरी युथका सदस्य मुस्तकिन आलम, सुरज यादव, बसन्त यादवसहितकाले मन्तव्य राख्दै सरकारलाई अबिलम्ब प्रतिष्ठान निर्माण सुरु गर्न आग्रह गरे । उनीहरूले काम शुरु नगरेसम्म आन्दोलन जारी राख्ने चेतावनी दिए ।
कोणसभाको संचालन सप्तरी युथका कार्ववाहक अध्यक्ष मोहन यादवले गरेका थिए ।
आन्दोलन अन्तर्गत मंगलबार सिटि जुलुस प्रदर्शन गर्ने कार्यक्रम रहेको कार्यवाहक अध्यक्ष यादवले बताए।
तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राजविराज नगरपालिका वडा नम्बर १० बिरौलस्थित स्वास्थ्य विज्ञान प्रतिष्ठान शिलान्यास गरिएको थियो । २२ असार २०७८ मै ओलीले भर्चुअल माध्यमबाट शिलान्यास गरेपनि काम अझै अघि बढ्न सकेको छैन् ।
प्रतिष्ठान निर्माणस्थलमा बोर्ड राख्ने, जग्गा तारजालीले घेरबार गर्ने र डिपिआर बनाउनेबाहेक अन्य काम अघि बढ्न सकेको छैन् ।