• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

जीवीकोपार्जनका लागि हरेकलाई, रोजगारी आवश्यक हुन्छ । विभिन्न रोजगारमूलक काम गरेर व्यक्तिले आप्mनो गुजारा चलाउने गरेका हुन्छन् । यस अर्थमा रोजगारी हरेक व्यक्तिकालागि आवश्यक रहनेमा दुई मत नहोला। रोजगारीले व्यक्तिको गुजारा मात्र चल्ने नभई मुलुक समृद्ध तुल्याउनमा पनि योगदान गरेको हुन्छ। जुन मुलुकमा रोजगारीको अवसर बढी हुन्छन् त्यहाँका जनता पनि बढी खुशहाल रहेका हुन्छन्।
रोजगारीका अवसर सिर्जनाको जिम्मेवारी सरकारको हो। उसले यस अनुरूपको वातावरण निर्माणकालागि त्यसै प्रकारको आर्थिक नीति ल्याउने, भ्रष्टाचार अनियमितता तथा बिचौलियाहरूको चलखेल रोक्नाका साथै अन्य विकृतिमाथि नियन्त्रण गर्दै लगानीको उचित वातावरण निर्माणमा पनि सहयोगी भूमिका निर्वाह गर्दै आएको हुन्छ। रोजगारीको अभाव हुदाँ व्यक्तिको आयस्रोत पनि सुक्छ भने गुजाराका लागि मात्र नभई अत्यावश्यक कामले गर्दा पनि ऊ ऋण काढ्न बाध्य हुनु स्वभाबिकै हो। तर आम्दानी छैन यदि भने ऊ यस्तै ऋणको त्रासमा मासिदै जान्छ । चर्को ब्याजका कारणले उसलाई ऋणबाट मुक्त हुनकालागि ‘महाभारत’ नै पर्दछ। मुलुकमा अहिले यसरी नै ऋणमा डुबेर धेरै व्यक्ति तड्पिएको अवस्था छ। आएको ऐतिहासिक परिवर्तनका वावजुद पनि भुइँमान्छेका समस्या यथावत छन्। बढ्दो बेरोजगारी र महँगीले गर्दा यस्ता विपन्न वर्ग अझै गरिबीको दुष्चक्रमा भासिन पुगेका छन । आर्थिक मन्दि र ऋणले पोलेर उक्सिने कुनै उपाय नदेखी निराश भएका कतिपयले त आत्महत्याकै वाटो रोज्नु परेको तीतो यथार्थ छ। ऋणमा डुबेकाहरूलाई कसरी उकास्न सकिन्छ भन्ने सवालमा सरकारले पनि चासो लिन आवश्यक हुन्छ । समस्यामा परेका जनतालाई उकारले जिम्मेवारी पनि सरकारकै हो ।
वेरोजगारीले गर्दा ऋणमा डुब्ने अवस्था नआओस भन्नाकालागि रोजगारी उपलब्ध गराउने दायित्व सरकारकै हो। रोजगार गर्नकालागि सक्षम तुल्याउन तत्सम्बन्धि तालिम तथा सीप प्रदान गर्नाका साथसाथै स्वरोजगार बन्नकालागि सहुलियत ऋण दिने, व्याज वढेर ऋणमा डुबेका लाई ब्याजमा सहुलियत वा मिन्हा गरेर भएपनि उक्सिनकालागि सजिलो बातावरण बनाएर समस्यामा परेका जनताहरूकालागि सरकारले सोच्न जरूरी छ ।