• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

भ्रष्टाचार नियन्त्रण भए ठुलो अस्पताल र क्याम्पस बन्छ : लामिछाने

भ्रष्टाचार नियन्त्रण भए ठुलो अस्पताल र क्याम्पस बन्छ : लामिछाने
शिव प्रसाद आचार्य
फत्तेपुर, १० मंसिर ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले सप्तरीमा भएको भ्रष्टाचार नियन्त्रण गर्ने हो भने सो पैसाले यहाँ ठुला अस्पताल  क्याम्पस बन्ने बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी जिल्ला समितिद्वारा सप्तरीको फत्तेपुरमा आइतबार आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।
सभापति लामिछानेले देशमा ब्याप्त भ्रष्टाचार बढेको र नेताहरु त्यसमा चुर्लुम्म डुबेकाले त्यसलाइ रोक्न अब स्वतन्त्र पार्टी अगाडि बढ्ने जिकिर गरे ।
फत्तेपुरको बसपार्कमा सम्पन्न जिल्ला स्तरीय कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व उप- प्रधान तथा गृहमन्त्री समेत रहेका लामिछानेले अब देशमा बन्दुकको क्रान्ती हैन हिंसाको क्रान्ती हैन देशमा जनता बनाउने  शान्तिमय क्रान्ती हुनु आबश्यक रहेको बताए।
 देशमा रहेका कलकारखाना बेचेर युवा बिदेश पलायनको अबस्थामा पुर्‍यएको ठुला दलहरुले अब चुरे बेचेर खान आँखा गाडेको उनले टिप्पणी गरे।  प्राकृतिक रुपमा विश्वमै धनी देश नेपाल कसरी एसियामा सबैभन्दा गरिब हुन पुग्यो आज जनताले खोज्ने बेला भएको बताउदै उनले जनताको साथसहयोगरहे अब राष्ट्रिय स्वतन्त्र पार्टीले खोज्ने बताए।
देश दैनिक टाट पल्टिने अबस्थामा रहेकाले गणतन्त्र र राजतन्त्रको जुहारीमा नभुलिकन जनताले असल अर्थतन्त्र रोज्नुपर्ने उनले बताए। करिब पैंतालीस मिनेट समय भाषणमा  खर्चेका रबि लामिछानेले बढी समय देशमा अर्थतन्त्र बिग्रनुमा बढ्दो भ्रष्टाचार भएको दावी गरे ।