• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

पुर्व प्रहरी संगठनको कार्यालय उद्घाटन 

पुर्व प्रहरी संगठनको कार्यालय उद्घाटन 
नर्मदेव यादव
रुपनी, १० मंसिर ।
सप्तरीको रुपनी गाउँपालिका १ रुपनीमा आइतबार पुर्व प्रहरी संगठनको कार्यालय उद्घाटन गरिएको छ । संगठनका अध्यक्ष पुर्व प्रहरी निरीक्षक शिव नारायण यादवको अध्यक्षतामा आयोजित एक समारोहका विच कार्यालय उद्घाटन गरिएको हो ।
कार्यालय उद्घाटन गर्दै प्रमुख अतिथी रुपनी गाउँपालिका अध्यक्ष दिनेश यादवले रुपनी गाउपालिकालाई दुर्व्याशनी मुक्त पालिका बनाउन पुर्व प्रहरी संगठनले योगदान गर्ने विश्वास व्यक्त गरे।
लागुऔषध विरुद्ध पहिलो पटक अभियान चलाउने बताउदै उनले त्यसमा प्रहरी, जनप्रतिनिधी, सबै पार्टी संघसंस्था, विद्यार्थी, आम जनता, पुर्ब प्रहरी संगठन  सबैपक्ष मिलेर गाँजा उत्पादन, अबैध मदिरा बेच बिखनलाई नियन्त्रण गर्न सहयोगको जरुरी हुन्छ ।
नेपाल पुर्व प्रहरी संगठनको कार्यालय रिवन काटेर उद्घाटन गर्दै अध्यक्ष यादव र एसपी बज्राचार्य । फोटो : न्यूज टुडे
कार्यालयका लागि स्थानीय मीन बहादुर खत्रीले निशुल्क उपलब्ध गराएको कोठामा अध्यक्ष यादव र सप्तरीका प्रहरी प्रमुख एसपी गजुसिद्वी बज्राचार्यले संयुक्त रुपमा रिवन काटेर र राष्ट्रिय झण्डाउत्तोलन गरेर उद्घाटन गरेका छन्  ।
कार्यक्रममा रुपनी गाउँपालिकाकी उपाध्यक्ष पुष्पा श्रेष्ठ लौगी, वडा नम्बर १ की  अध्यक्ष लिलादेवी यादव,पुर्व वडा अध्यक्ष पितम्वर यादव, भागवत यादव, अनिरुद्व सिंह, खड्ग आचार्य, कैलाश लौगी, प्रहरी अस्पतालका बुद्धि कार्कीलगायतका संगठनमा आवद्ध पुर्व प्रहरीहरुको उपस्थित रहेको थियो । कार्यक्रमको संचालन पुर्व प्रहरी संगठनका हरिकाजी राईले गरेका थिए ।
रुपनी, अग्नीसाईर कृष्णासवरन गाउँपालिका, शम्भुनाथ नगरपालिका अन्तर्गत रहेका पुर्ब प्रहरीहरु मिलेर नेपाल पुर्ब प्रहरी संगठन स्थानिय कार्य समिती मिति २०७९ चैत १४ गते गठन गरेको थियो ।