राजकुमार साह
कञ्चनपुर , १० मंसिर ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिकामा दोस्रो दिन सचेतना मुलक गोष्ठी तथा प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ ।
कञ्चनरुप नगरपालिकाको आयोजना तथा ईलाका प्रहरी कार्यालय कञ्चनपुर सप्तरीको समन्वयमा पालिकाको नगर सभा हलमा आइतबार उक्त कार्यक्रम आयोजना गरिएको हो ।
ईलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डिएसपी दिपक कुमार रायले लौङ्गिक हिंसा सम्बन्धि प्रस्तुति करण गरेर सहभागिहरुलाई जानकारी गराउदै नेपालका तथ्यांक अनुसार ८३ प्रतिशत हिंसा हुने गरेको बताए । जसमा १७ प्रतिशत मध्ये १२ प्रतिशत नातेदार वा साथीहरुलाई सुनाएर समाधान खोज्ने गरेको पाइन्छ, डिएसपी रायले भने, कानुनी उपचार खोज्ने ५ प्रतिशत मात्र रहेका छन ।
कंचनरुप पालिकाका पुर्व नगर प्रमुख वसन्त कुमार मिश्रले विधि ,कानुनमा उल्लेख गरेका शब्दहरु राम्रो भएपनी ब्यवहारमा विभेद रहि रहेकोले समाजमा हिंसा कम नभएको टिप्पणी गरे । लैङ्गिक हिंसा सम्बन्धि कार्यक्रम औपचारिकतामा सिमित नराखेर दैनिकी रुपमा सञ्चालन गरेर समाजमा सचेतना पुगाउनु पर्नेमा जोड दिदै मिश्रले सरोकारवालाहरु गम्भीर हुनुपर्ने बताए । “सबैको प्रयासले हिंसा कम गर्न सकिन्छ र त्यसकोलागी सबै निकाय जिम्मेवार हुनु जरुरी रहेको छ, उनले भने,कञ्चनरुप लैङ्गिक हिंसा मुक्त पालिका बनाउनको लागि लक्ष्य लिएर सबैजना अगाडि बढ्नु आबश्यकता छ ।”
पालिका स्तरीय लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल समितिका उपाध्यक्ष कल्पना चौधरीले समिती गठन भएको एक वर्ष भएपनी १२ वटा वडा मध्ये २ वटामा मात्र वडा स्तरीय समिती गठन गर्न सकेकोले अब चडै बाँकी रहेको वडामा समिति गठन गर्ने प्रतिबद्धता व्यक्त गरिन ।
कन्चनरुप नगरपालिकाकी उपप्रमुख मुनाकुमारी पोखरेलको अध्यक्षता तथा नगर प्रमुख ललन प्रसाद गुप्ताको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा १२ वटा वडाको अध्यक्ष तथा सदस्यहरु ,जिल्लाको विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन सञ्जालकाकी अध्यक्ष सबिता न्यौपानेले गरेकी थिइन ।