• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

वेश्याबृत्ती गराएको आरोपमा दुईजना प्रहरी नियन्त्रणमा  न्यूज टुडे 

वेश्याबृत्ती गराएको आरोपमा दुईजना प्रहरी नियन्त्रणमा  न्यूज टुडे 
न्यूज टुडे
राजविराज, १० मंसिर ।
राजविराजमा महिलालाई जर्वजस्ती वेश्याबृत्ति गराएको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।
राजविराज नगरपालिका ३ स्थित लक्ष्मी गेष्ट हाउसका संचालक र म्यानेजरलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
राजविराज नगरपालिका वडा नम्बर ६ बस्ने ५७ बर्षीय होटल संचालक अरुणचन्द्र मिश्र र महादेवा गाउँपालिका वडा नम्बर २ बस्ने ४१ बर्षीय म्यानेजर रामप्रकाश मण्डल रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
 पक्राउ परेका दुबैजना विरुद्ध मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ अन्तर्गतको कसुरमा सप्तरी जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान अगाडि बढाएको सप्तरी प्रहरी प्रबक्ता एवम् प्रहरी नायव उपरीक्षक ढुण्डीराज नेउपानेले जानकारी दिए ।