• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

प्रतिष्ठान निर्माणको माग गर्दै सप्तरी युथ आन्दोलित,  सप्ताहव्यापी संघर्षका कार्यक्रम सार्वजनिक

प्रतिष्ठान निर्माणको माग गर्दै सप्तरी युथ आन्दोलित,  सप्ताहव्यापी संघर्षका कार्यक्रम सार्वजनिक
न्यूज टुडे
राजविराज, ९ मंसिर ।
सप्तरी युथ नेपालले रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणतर्फ सरकारले कुनै चासो नदेखाएको भन्दै आन्दोलन घोषणा गरेको छ ।
सप्तरी युथ नेपालले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै ७ दिने विभिन्न  चरणवद्व आन्दोलनको  कार्यक्रम सार्वजनिक गरेको हो ।
 बैठकले सत्येन्द्र यादवको संयोजकत्वमा आन्दोलन समिति बनाएको विज्ञप्तिमा जनाएको छ । गठित समितिमा मुस्तकिम आलम, अनिल कुमार यादव, सुरज कुमार यादव, संजय कुमार साह, राकेश कुमार यादव, लालु ठाकुर, रोशन साह, श्याम माझी, ओम कर्ण र एकबाल हुसैनलाई सदस्यमा राखिएको छ ।
आन्दोलन अनुसार मंसिर १० गते आईतबार जिल्ला प्रशासन कार्यालय मार्फत् प्रधानमन्त्रीलाई ज्ञापन बुझाउने, ११ गते सोमबार ¥याली प्रदर्शन गर्ने, १२ गते मंगलबार सिटी जुलुस प्रदर्शन गर्ने, १३ गते बुधबार दिउँसै टर्च बालेर नेता तथा सांसदको खोजी गर्ने, १४ गते बिहीबार जिल्ला प्रशासन कार्यालयको मूल गेटमा १ घण्टा धर्ना दिने र १५ गते शुक्रबार–जिल्ला प्रशासन कार्यालयको मूल गेटमा २ घण्टा धर्ना दिने ।
एक हप्ते आन्दोलनपछि पनि सरकार गम्भीर नभए बैठक बसेर पुनः अर्काे चरणको आन्दोलन घोषणा गर्ने सप्तरी युथका कार्यबाहक अध्यक्ष मोहन यादवले बिज्ञप्ती जारी गर्दै बताएका छन् । ‘यो आन्दोलन समग्र सप्तरीबासीको भएकाले यसमा सहयोग गरिदिनहुन जिल्लाका राजनीतिज्ञ, बुद्धिजिवी, शिक्षक, विद्यार्थी, अधिकारकर्मी, संचारकर्मीसहित सबैसँग हार्दिक अनुरोध गर्दछौं’ बिज्ञप्तीमा भनिएको छ ।
प्रतिष्ठान निर्माणको माग गर्दै निर्माण स्थल राजविराज स्थित १० विरोलमा ४३ दिनेदेखि स्थानीयबासीहरु रिले अनशन बसेकाका छन् । स्थानीयको अनशनप्रति सरकारले कुनै चासो दिएको छैन ।