नेकपा(एमाले) पक्षधर युवा संघ तथा राजतन्त्र पक्षधर दुर्गा प्रसाइँ पक्षका कार्यकर्ताले बिहीबार राजधानीमा प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा सामान्य क्षति पनि भएको छ ।
दुर्गा प्रसाइँ पक्षले बल्खुमा गरेको बिरोध प्रदर्शनका क्रममा प्रहरीसित भएको झडपमा केही प्रदर्शनकारी तथा केही प्रहरी समेत घाईते भएका छन् । शान्तिपूर्ण प्रदर्शनले नै आन्दोलनलाई उचाइँमा पु¥याउँछ भन्ने मान्यता छ । तथापि प्रदर्शनमा छिटफूट घटना प्रायः जसो हुने नै गरेका छन् । प्रशासनले दुबै पक्षलाई प्रदर्शनकालागि छुट्टा टुट्ै स्थान निर्धारण गरेका कारणले पनि दुई पक्षका वीच मुठभेड चाहिँ हुन पाएन । यसलाई स्थानीय प्रशासनको सुझबुझपूर्ण निर्णय नै मान्नु पर्दछ । प्रदर्शनको दोस्रो दिन तीनकुनेमा प्रसाइँ पक्षले आयोजना गर्ने भनिएको कार्यक्रममा प्रहरीले धरपकड गर्यो । कतिपय निर्दोषलाई पनि प्रहरीले नियन्त्रणमा लियो । उक्त कार्यको निकै बिरोध पनि भएको छ ।
आन्दोलनका क्रममा क्षति नहोस् भन्नाकालागि आन्दोलनकारी जति संयमित रहनु पर्दछ,प्रहरीको पनि संयमताको आवश्यकता उत्तिकै रहन्छ । शान्तिपूर्ण रुपले आफ्ना विचार राख्नकालागि संबिधानमै व्यवस्था भएका कारण प्रदर्शन गर्दैमा धरपकड गरि हाल्नु पर्छ भन्ने होईन । उग्रताले विवाद बढाउँछ र शान्तिपूर्ण रुपमा गर्ने भनिएको प्रदर्शनमा पनि अनपेक्षित भिडन्तको स्थिति आउन सक्दछ ।
तसर्थ प्रदर्शन भयो भन्दैमा भिड्नै पर्ने होईन । न त दमनै गरिहाल्नु पर्ने हो । यसकालागि प्रदर्शनकारी तथा प्रहरी दुवै संयमित रहन सके नै आन्दोलनकारीको आफ्ना कुरा जनसमक्ष राख्ने उद्देश्य तथा शान्तिसुरक्षा कायम गर्ने प्रहरीको जिम्मेवारी सफल भएको मानिने छ ।