सशस्त्र प्रहरीले सप्तरीको राजगढ गाउँपालिका ६ मा शनिबार अवैध लागूऔषध गाँजा बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल विओपि वनैनियाबाट खटिगएको गस्ती टोलीले स्थानीय भुतनी खोलाबाट २५ किलो अवैध लागूऔषध गाँजा बरामद गरेको हो ।
बरामद अबैध लागू औषध गाँजा । फोटो : न्यूज टुडे
नेपालबाट भारततर्फ जाँदै गरेको २ जना व्यक्तिहरुले प्रहरी टोलीलाई देखि २ वटा झोला छाडी फरार भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ गण सप्तरीका सुचना अधिकारी डिएसपी मोहनराज विष्टले बताए । झोला खोलि हेर्दा २५ किलो अवैध लागु औषध गाँजा रहेको उनले जानकारी दिए ।
वरामद गाँजा आवश्यक कार्वाहीको लागी जिल्ला प्रहरी कार्यालय राजविराज सप्तरीमा बुझाईएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ गणले जनाएको छ ।
हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको डिएसपी विष्टले जानकारी दिए ।