• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

बालिकाको शिक्षामा पहुँच र बालविवाह न्यूनीकरण सम्बन्धि सडक नाटक 

बालिकाको शिक्षामा पहुँच र बालविवाह न्यूनीकरण सम्बन्धि सडक नाटक 
न्यूज टुडे
राजविराज, ९ मंसिर ।
परिकल्पना नेपाल सप्तरीले राजविराज १ मा शनिबार बालिकाको शिक्षामा पहुँच र बालविवाह न्यूनीकरण सम्बन्धि सडक नाटकको आयोजना गरेक‍ो छ । १६ दिने लैंगिक हिंसा बिरूद्धको अभियान अन्तर्गतको पहिलो दिन परिकल्पनाले जनचेतनामूलक सडक नाटक प्रदर्शन गरेको हो ।
छोराछोरीलाई गुणस्तरीय उच्च शिक्षा दिएर आत्म निर्भर बनाई २० वर्ष उमेर पुगेपछि मात्र विवाह गर्नुपर्ने  कानुनी व्यवस्था भएपनि यस वडाको अधिकाँश बालबालिकाको बालविवाह हुने भएकोले न्युनीकरण गर्ने उद्देश्यले यस  अभियान अन्तर्गत नाटकको आयोजना गरेको
संस्थाका अध्यक्ष सुधा देवले बताईन् ।
प्रस्तुत गरेको नाटकले छोराछोरीलाई शिक्षा नदिई बालविवाह गरेपछि छोरीले दिनदिनै हिंसा सहनुपरेको र स्वास्थ्य अवस्था गम्भीर भएर परिवारमा नराम्रो असरपरेकोले त्यस्तो नगर्न सन्देश दिएको छ ।
 नाटकमा स्थानीय बालवालिकाले अभिनय गरेका छन् ।
 अभिनय गर्नेहरूमा पुजा सरदार,लक्ष्मी सरदार,दुर्गी यादव,संजना यादव,रूपेश शर्मा,दिलिप यादव,धर्म देव यादव,रूपक यादव,उदित यादव, जितेन्द्र यादव लगायत रहेका थिए ।
राजविराजमा आयोजित प्रभातफेरी मा सहभागीहरु । फोटो : न्यूज टुडे
यसै बित शनिबार विहान जिल्ला प्रहरी कार्यालय सप्तरी, जिल्ला स्तरीय लैंगिक हिंसा संजाल सप्तरी,सहित जिल्लाका विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाले सामुहिक रूपमा राजविराजमा प्रभाव फेरि कार्यक्रमको आयोजना गरेको छ ।
” लैंगिक हिंसा अन्त्यको सुनिश्चितता: महिला र  बालबालिकामा लगानीको ऎक्यवद्धता ” नाराका साथ यस वर्ष सप्तरी सहित विश्वभर सरकारी तथा गैरसरकारी संस्थाहरूले यो अभियान नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विभिन्न कार्यक्रम गरि मनाउदै आएका छन् ।