श्री कन्छु नरप्रताप माध्यमिक विद्यालय नकटी रायपुरले प्राविधिक शिक्षा संचालन गरेको छ । विद्यालयद्वारा शुक्रबार आयोजित एक समारोहका विच रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादवले रिवन काटेर उद्घाटन गरेका हुन ।
प्राविधिक शिक्षालय रिवन काटेर उद्घाटन गर्दै अध्यक्ष दिनेश कुमार यादव । फोटो: न्यूज टुडे
कार्यक्रममा बोल्दै अध्यक्ष यादवले मधेश प्रदेशका पुर्व सामाजिक विकास मन्त्री नवल किशोर साहको सहयोगमा निर्मित पुर्वाधारमा प्राविधिक शिक्षा संचालन गर्नु पाउँदा खुशी लागएको बताए ।
प्राविधिक शिक्षाको लागि आबश्यक सहयोग गरेकोमा पुर्व मन्त्री साहलाई धन्यवाद व्यक्त गर्दै अध्यक्ष यादवले जिल्लाकै नमुना प्राविधिक शिक्षाको रुपमा विकास गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गानन्द ठाकुरको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति सप्तरीका उपसभापति शम्भु कुमार यादव, पुर्व गाउँपालिका अध्यक्ष हरेराम यादव, नेकपा माओवादीका बैकल्पिक केन्द्रिय सदस्य अरुण कुमार साह, पुर्व स्ववियु सभापति रामचन्द्र यादव, जसपा जिल्ला सदस्य लाल बहादुर मेहताले मन्तव्य व्यक्त गरे ।
यसैगरी लोपसा रुपनी गाउँपालिका अध्यक्ष पितम्बर यादव, जनमत पार्टीका भिखो माझी, एमाले रुपनी गाउँपालिका सचिब रन्जित भगत, एकीकृत समाजवादीका असर्फीलाल यादव, सेवा निबृत्त कर्मचारी समाजका अध्यक्ष भागवत यादव, रुपनी गाउँपालिका २ का अध्यक्ष सरोज यादव, मावि बसविट्टिका अध्यक्ष सुरेन्द्र यादव,रुपनी गाउँपालिकाका शिक्षा शाखा प्रमुख श्याम प्रसाद यादव लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे ।
कार्यक्रमको संचालन प्रधानाध्यापक पर्शुराम यादवले गरेको थियो ।