• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

जबर्जस्ती करणी आरोपमा मेयरका प्रत्यासी उम्मेदवार पक्राउ

जबर्जस्ती करणी आरोपमा मेयरका प्रत्यासी उम्मेदवार पक्राउ
न्यूज टुडे
राजविराज, ८ मंसिर ।
सप्तरीको शम्भुनाथ नगरपालिकाका एकजना मेयर पदका प्रत्यासी जबर्जस्ती करिणी आरोपमा पक्राउ परेका छन् ।
 गत स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट मेयरका उम्मेदवार बनेका दीपेन्द्र चौधरी जबर्जस्ती करणी प्रयासको आरोपमा पक्राउ परेका हुन् ।
स्थानीय ३५ वर्षीया महिलाले मेयरका प्रत्यासी चौधरीले आफूलाई जबर्जस्ती करणीको प्रयास गरेको भन्दै जाहेरी दिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका चौधरीलाई जबर्जस्ती करणी प्रयासको मुद्दामा पाँच दिनको म्याद थप गरी अन्य अनुसन्धान सुरु गरिएको सप्तरी प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक  ढुण्डीराज नेउपानेले बताए । पीडित महिलाको घाउ जाँचसहित स्वास्थ्य परीक्षण गरि अनुसन्धान अगाडि बढाएको उनले जानकारी दिए ।
चौधरी २०७८ वैशाख ३० गते भएको निर्वाचनमा नेपाली कांग्रेसबाट मेयरको उम्मेदवार भई ४१४३ मत प्राप्त गर्दै निकट्तम प्रतिस्पर्धी भएका थिए । शम्भुनाथ नगरपालिकामा विजयी भएका मेयर जितेन्द्रप्रसाद गुप्ता यसअघि नै भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट दोषी ठहर भइसकेका छन् ।