हुलाकी राजमार्गमा रोजगारीको सम्भावना विषयक अन्तरक्रिया कार्यक्रम राजविराजमा शुक्रबार सम्पन्न भएको छ । मधेश प्रदेशका नीति आयोगका सदस्य डा. सोहन प्रसाद साहले हुलाकी राजमार्गमा रोजगारी सिर्जना गर्न सुझाव संकलन गर्ने उदेश्यले सरोकारवालाहरुसंग अन्तरक्रिया गरेको हो ।
कार्यक्रममा बोल्दै सहभागी बक्ताहरुले हुलाकी राजमार्गलाई पुर्णता दिई संचालनमा ल्याउन सके हजारौंले रोजगारी पाउने बताए ।
राजमार्ग निर्माणमा भएको ढिलासुस्तीले स्थानीय स्तरमा रोजगारीको सम्भावना नदेखेकाले हजारौं युवाहरु विदेश पलायन हुनुपरेको चर्चा गर्दै बक्ताहरुले बेरोजगारी समस्या समाधानको प्रमुख आधारको रुपमा रहेको हुलाकी राजमार्गलाई यथासिघ्र पुर्णता दिई संचालनमा लाउनुपर्नेमा जोड दिए ।
हुलाकी राजमार्ग संचालनमा ल्याउन नखोज्नुको कारण पत्ता लगाई छिटोबाटोबाट काम अगाडि सार्ने आबाश्यक नीति ल्याउनुपर्नेमा जोड दिदै बक्ताहरुले राजमार्गको संचालनसंगै कृषी, पर्यटन, शिक्षा, घरेलु तथा साना उधोगको स्थापनाबाट रोजगारी आफै सिर्जना हुने विश्वास व्यक्त गरे ।
मधेश प्रदेशमा हुलाकी मार्गसंग जोडिएको ३६ पालिकाले स्थानीय स्तरमा रोजगारी सिर्जना गर्न जिल्ला स्तरीय संयन्त्र बनाएर अगाडि बढ्न सके ठुलो संख्यामा युवाहरु स्वरोजगार हुने उनिहरुको दावी थियो ।
स्थानीय सरकारले विशेष योजना ल्याउन नसक्दा मधेश प्रदेशमा बजेट कम आएको उल्लेख गर्दै बक्ताहरुले रोजगारी सिर्जना गर्ने नीति निर्माणमा आयोगले भुमिका निर्वाह गर्नुपर्ने सुझाव दिए ।
नीति आयोगका सदस्य डा. साहले प्राप्त सुझावलाई आत्मासात गर्दै मधेश सरकारको आगामी नीति तथा कार्यक्रममा समाबेश गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा जनमत पार्टीका केन्द्रिय सचिब विपि साह, जसपा केन्द्रिय सल्लाहकार एवम् राजविराज नगरपालिकाका पुर्व मेयर शैलेश चौधरी, जसपा जिल्ला अध्यक्ष केदार प्रसाद यादव, लोसपाका दिपेन्द्र कुमार चौधरी, व्यावसयी शैलेन्द्र मोहन झा, अरुण कुमार प्रधान, सुरेन्द्र मधेशी, विद्यानन्द यादव,संचाराकर्मी बृजमान तामाङ, अधिबक्ता मो. समिम, युवा श्याम कुमार यादव लगायतकाले विचार व्यक्त गरे ।
कार्यक्रममा राजविराज नगरपालिकाकी उपप्रमुख इसरत परविन, निर्माण व्यावसायी संघ सप्तरीका अध्यक्ष अनेश्वार दास, विभिन्न राजनीति दलका प्रतिनिधि, उधोग व्यवासायीहरु लगायतका सरोकारवालाहरुको सहभागिता रहेको थियो ।