न्यूज टुडे
राजविराज, ८ मंसिर ।
सप्तरीको अग्नीसाईर कृष्णासवन गाउँपालिका ५ स्थित रहेको श्री हिरावती आधारभुत विद्यालय बकधुवा-भिमारको नवनिर्मित भवन उद्घाटन भएको छ ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ४५ लाखको लागतमा नवनिर्मित भवन शुक्रबार आयोजित एक समारोहका विच उद्घाटन गरिएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामकान्त चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि अग्नीसाईर कृष्णासवरन गाउँपालिका अध्यक्ष दिनानाथ चौधरी र विशिष्ट अतिथि उपाध्यक्ष कल्पना कुमारी चौधरीले रिवन काटेर संयुक्त रुपमा नवनिर्मित विद्यालय भवन उद्घाटन गरे ।
भवन उद्घाटन समारोहमा बोल्दै अध्यक्ष चौधरीले भवनको माथिल्लो तलाको अधुरो रहेको निर्माण कार्य सम्पन्न गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा उपाध्यक्ष चौधरी ,दाता परिवारका सदस्य दुर्गानन्द चौधरीलगायतकाले मन्तव्य व्यक्त गर्दै भवन निर्माणसंगै कक्षा कोठा समस्या न्यूनीकरण हुने विश्वास व्यक्त गरे ।
विद्यालयका शिक्षक उदय नारायण यादवद्वारा संचालित कार्यक्रममा स्वागत शिक्षिका प्रमिला कुमारी चौधरीले गरिन ।
कार्यक्रममा अग्नीसाइर कृष्णासवरन गाउँपालिका वडा नमूना ५ का कार्यबाहक अध्यक्ष हरि खंगसहित स्थानीय जनप्रतिनिधिहरु, अभिभावकहरु, बुद्धिजीवी, शिक्षाप्रेमी, समाजसेवीहरुको उपस्थिति रहेको थियो ।