• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सप्तरीमा लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान

सप्तरीमा लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान
न्यूज टुडे
राजविराज, ७ मंसिर ।
सप्तरीमा लैंगिक हिंसा विरूद्ध १६ दिने अभियान संचालन गरिने भएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीमा बिहिवार बसेको बैठकले सप्तरीका विभिन्न संघ संस्थाले १६ दिनसम्म विभिन्न कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको हो ।
सप्तरीमा क्रियाशिल जिल्ला प्रहरी कार्यालयमा बसेको बैठकले १६ दिनसम्म विभिन्न कार्यक्रम गर्ने निर्णय गरेको सप्तरीका प्रहरी प्रवक्ता ढुण्डिराज नेउपानेले जानकारी दिएका छन् ।
जिल्ला स्तरीय लैंगिक हिंसा समिति तथा जिल्ला प्रहरी कार्यालयको संयुक्त आयोजना मंसिर ९ गते राजविराजमा प्रभातफेरि  कार्यक्रम, दिप प्रज्जवलन,१० गते सेफ हाउस,ईप्रका कंचनपुरको आयोजनामा  सचेतना गोष्ठी ,११ गते सबल नेपालले बालविवाह मुक्त वडा घोषणा गर्ने,१२ गते जिल्ला प्रहरी कार्यालय,ड्ब्लुसिसिडिसी,ड्ब्लुएचआरडी तथा एकल महिला समूहद्वारा बिद्यालय प्रशिक्षण कार्यक्रम ,१३ गते महिला सचेतना समाज, पारालिगल,आसमान नेपाल,नारी उत्थान महिला सुरक्षा दबाब समुहद्वारा प्रशिक्षण कार्यक्रम,१४ गते लाईफ नेपाल,एक्सन एड नेपाल बालविवाह न्युनिकरण सम्बन्धि नाटक,१५ गते जिल्ला प्रहरी कार्याालय सप्तरी,सहयोगी समाज एड्स दिवसको अवसरमा लैंगिक हिंसा बिरूद्धको र्याली,१६ गते परिकल्पना नेपाल सप्तरीले बालविवाह न्यूनीकरण तथा बालिका शिक्षामा पहुँचका लागि सड्क नाटक आयोजना गर्ने भएको छ ।
 प्रत्येक वर्ष सप्तरी सहित विश्वभर यो अभियान मनाउँदै आएको छ । लैंगिक हिंसा विरूद्धको१६ दिने अभियान २५ नोभेम्बर देखि १० डिसेम्बर सम्म चल्नेछ ।