द एभरेष्ट युवा फुटबल टिमद्वारा सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका ३ हरिहरपुरमा संचालित ९ औं पच्चशिल्ड फुटबल प्रतियोगिताको उपाधि डिहिबार बाबा युवा क्लब बनरझुल्लाले कब्जा गरेको छ । आधारभुत विद्यालय हरिहरपुरको खेल मैदानमा बिहिवार सम्पन्न फाइनल खेलमा शम्भुनाथ वाईएफसीलाई पलान्टी मार्फत पराजित गर्दै बनरझुल्लाले उपाधि कब्जा गरेको हो ।
विजेता टिमलाई पुरस्कार प्रदान गर्दै गाउँपालिका दिनानाथ अध्यक्ष चौधरी । फोटो:न्यूज टुडे
निर्धारित ६० मिनेटको खेलमा विजेता टिमका जर्सि नम्बर १८ का पर्विन चौधरीले खेलको पहिलो हापको १७ औं मिनेटमा गोल गर्दै टिमलाई अगाडि बढाए ।
खेलको दोश्रो हापको २३ औं मिनेटमा उपविजेता टिमका जर्सी नम्बर ९ का पुजन चौधरीले गोल गरेपछि बराबरी भएको थियो ।
दुबै टिम विच कडा प्रतिस्पर्धा भएको खेलमा निर्धारित समयमा १ – १ गोल गरि बराबर भएपछि पलान्टी मार्फत खेलको छिनोफानो गरिएको थियो ।
पलान्टीमा पाँच- पाँच गोल प्रहार गरेका मध्ये विजेता टिमका गोलरक्षकले १ गोल रोक्न सफल भएपछि बनरझुल्लाले जित हासिल गरेको आयोजक समितिले जनाएको छ ।
उपविजेता टिमलाई दोश्रो पुरस्कार प्रदान गर्दै उपाध्यक्ष कल्पना कुमारी चौधरी । फोटो: न्यूज टुडे
प्रतियोगितामा सहभागी विजेता तथा उपविजेता टिमलाई एक समारोहका विच पुरस्कार वितरण गरिएको थियो ।
आयोजक समितिका अध्यक्ष रविन्द्र नारायण जोशीको अध्यक्षतामा आयोजित समापन समारोहमा प्रमुख अतिथि अग्नीसाइर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरीले विजेता टिमलाई नगद २५ हजार राशीको प्रथम पुरस्कारसहित शिल्ड, मेडल, प्रमाणपत्र प्रदान गरे ।
यसैगरी उपविजेता टिमलाई गाउँपालिकाकी उपाध्यक्ष कल्पना कुमारी चौधरीले नगद १५ हजार राशीको दोश्रो पुरस्कारसहित कप, मेडल र प्रमाणपत्र प्रदान गरिन ।
प्रतियोगिताका उत्कृष्ट खेलाडी रेवती रमण चौधरीलाई च्याम्पियन शिल्ड वितरण गर्दै वडा अध्यक्ष चौधरी । फोटो : न्यूज टुडे
प्रतियोगिताको उत्कृष्ट खेलाडी बनरझुल्लाका रेवती रमण चौधरीलाई वडा नम्बर ३ का वडा अध्यक्ष गोपाल प्रसाद चौधरीले च्याम्पियन शिल्ड प्रदान गरे ।
पुरस्कार वितरण गर्दै अध्यक्ष दिनानाथ र उपाध्यक्ष कल्पनाले खेलाडीहरु राष्ट्रको गहना भएको भन्दै उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरे ।
प्रमुख रेफ्री महेश चौधरीलाई बल हस्तान्तरण गर्दै प्रमुख अतिथिसहित अतिथिहरु । फोटो : न्यूज टुडे
कार्यक्रममा वडा नम्बर ४ का अध्यक्ष तेज नारायण यादव, वडा नम्बर २ का अध्यक्ष पशुपति प्रसाद चौधरी, नेपाल पत्रकार महासंघका प्रदेश परिषद सदस्य बृजमान तामाङ, वडा नम्बर ३ का वडा सदस्य प्रमानन्द चौधरीसहित जनप्रतिनिधिहरु, स्थानीय बुद्धिजीवी, समाजसेवीहरुको उपस्थिति रहेको थियो ।
उक्त अवसरमा आयोजक समितिको तर्फबाट प्रमुख अतिथि, अतिथिगण, पत्रकार तथा रेफ्रीहरुलाई सम्मान पत्रद्वारा सम्मानित गरिएको थियो ।
समापन समारोहको संचालन प्रवि इटहर्वाका शिक्षक शुभाष कुमार चौधरीले गरे ।
फाइनल खेलमा सहभागी खेलाडीहरुसंग परिचय गर्दै अतिथिगण । फोटो:न्यूज टुडे
प्रतियोगितामा शम्भुनाथ वाईएफसि, द एभरेष्ट युवा फुटबल टिम हरिहरपुर “बि” , सन्यासी बाबा युवा क्लब सुरुङ्गा नपा ११ भजका, बाबाधिर नवा युवा क्लब शम्भुनाथ ७ भंगाहा, मुसहर्नियाँ सामुदायिक युवा क्लब खडक नगरपालिका ८ हिरोज स्पोर्ट्स युवा क्लब बरमझिया, डिहिबार बाबा युवा क्लब बनरझुला, द एभरेष्ट युवा फुटबल टिम हरिहरपुर “ए” गरि ८ वटा टिमले सहभागी थिए ।