• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

पालिका स्तरीय हाजिरी जवाफ प्रतियोगितामा मोहनपुर प्रथम 

पालिका स्तरीय हाजिरी जवाफ प्रतियोगितामा मोहनपुर प्रथम 
न्यूज टुडे
राजविराज, ७ मंसिर ।
श्री ठाकुरजी मित्र मिलन समाज अग्नीसाईर कृष्णासवरन गाउँपालिका ६ महुलीद्वारा आयोजित आधारभुत विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगितामा सामुदायिक अधारभुत विद्यालय मोहनपुर प्रथम भएको छ । सप्तरीको मोहनपुर स्थित सामुदायिक आधारभुत विद्यालयमा विहिबार आयोजित प्रतियोगितामा मोहनपुरले प्रथम स्थान हाँसिल गर्न सफल भएको हो ।
हाजिरी जवाफ प्रतियोगितामा मन्चासिन अतिथिगणहरु । फोटो: न्यूज टुडे
गाउँपालिका अन्तर्गतका विभिन्न १२ विद्यालय सहभागी  प्रतियोगितामा जनचेतना माध्यमिक विद्यालय घोघिदाहाले द्वितीय , आदर्श मावि महुली तृतीय र मावि भुर्की सितापुरले सान्त्वना स्थान हाँसिल गर्न सफल भएको छ ।
श्री ठाकुरजी मित्र मिलन समाजका अध्यक्ष श्यामकान्त चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा गाउँपालिका  उपाध्यक्ष कल्पना कुमारी चौधरी , नराहा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश कुमार जोशी, वडा नम्बर ६ का वडा अध्यक्ष अशोक आचार्य, ४ का तेज नारायण यादव, ३ का गोपाल प्रसाद चौधरी, ५ का हरि खंगले  क्रमशः प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कार प्रदान गरे ।
प्रतियोगितामा उत्कृष्ट छात्रछात्रालाई प्रमाणपत्र, मेडलबाट सम्मानित गरिएको थियो भने सहभागी विद्यार्थीहरुलाई समेत प्रमाणपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष चौधरी,  मोहनपुर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुराम बस्नेत, प्रधानाध्यापक हेमनाथ अधिकारी , समितिका सदस्य सरोज राना मगरलगायतकाले  शुभकामना मन्तव्य व्यक्त गरे ।
ठाकुरजी मित्र मिलन समाजका संस्थापक सदस्य लक्ष्मीकान्त चौधरी र शिक्षक सुभाष कुमार चौधरीद्वारा संयुक्त रुपमा संचालित कार्यक्रममा स्वागत मोहनपुरकी शिक्षिका शान्ति चौधरीले  गरिन ।
गत कार्तिक २२ गते मावि स्तरीय प्रतियोगिता आयोजना गरेका मित्र मिलन समाजले शिक्षा, स्वास्थ्य र रोजगारीको क्षेत्रमा निरन्तर काम गरिरहेका छन् ।