• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

राजविराजमा भ्रमण खर्चमा मनपर्दी, पदाधिकारी तथा कर्मचारीले  पारे बार्षिक २५ लाखबढी झ्वाम 

राजविराजमा भ्रमण खर्चमा मनपर्दी, पदाधिकारी तथा कर्मचारीले  पारे बार्षिक २५ लाखबढी झ्वाम 
न्यूज टुडे
राजविराज नगरपालिकाका पदाधिकारी तथा राजविराज, ७ मंसिर ।
कर्मचारीहरुले भ्रमण खर्च बापत बार्षिक लाखौं सक्ने गरेको खुलासा भएको छ । नगरपालिकाले अनुगमन तथा मुल्यांकन तथा भ्रमण खर्चमा बार्षिक २५ लाखभन्दा बढी सक्ने गरेको पाइएको हो ।
नगरपालिकाले एकै आर्थिक  बर्षमा मात्रै  भ्रमण खर्च बापत २५ लाख ४४ हजार ८ सय ८७ रुपैया खर्च गरेको महालेखा परिक्षकको प्रतिबेदन २०७९ मा उल्लेख छ ।
नगरपालिकाका पदाधिकारी तथा कर्मचारीले कुनै आधार विनै नियम विपरीत मनपर्दी भ्रमण भत्ता बाँडफाँड गरि बजेट दुरुपयोग गरेको महालेखाको प्रतिबेदनले ठहर गरेको छ ।
भ्रमण खर्च नियमावली, २०६४ अनुसार आफू कार्यरत क्षेत्रभित्र भ्रमण गर्दा दैनिक भ्रमण भत्ता नपाइने तथा एकैदिन गएर फर्किन सक्ने ठाउँमा खाजा खर्चबापत दैनिक भ्रमण भत्ताको २५ प्रतिशत रकम दिन सकिने उल्लेख छ ।
नियम २१ मा भ्रमणमा खटिने पदाधिकारी वा कर्मचारीले भ्रमण प्रारम्भ गरेपछि सम्बन्धित कार्यालयले अनुसूची- ६ बमोजिमको ढाँचामा भ्रमण अभिलेख राख्नुपर्ने उल्लेख छ ।
“कार्यालयले विभिन्न  पदाधिकारी तथा कर्मचारीले विभिन्न स्थानमा अनुगमन तथा भ्रमण गरेको भनी अनुगमन तथा मुल्यांकनमा रु १४ लाख ३० हजार ४ सय ६७ र भ्रमण खर्चमा ११ लाख १४ हजार ४ सय २० खर्च लेखेकोमा भ्रमण अभिलेख र भ्रमण प्रतिबेदन व्यवस्थित राखेको छैन, महालेखा प्रतिबेदनमा अगाडि भनिएको छ, नियमावलीमा उल्लेख भएबमोजिम भ्रमण अभिलेख प्रतिबेदन राखेरमात्र भ्रमण खर्च लेख्ने र एकैदिनमा जान-आउन  सकिने स्थानमा बासबस्ने गरि काज खटाउने कार्यमा नियन्त्रण गर्नुपर्दछ । “