• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
भलुवामा भेटियो सात किलोको अजिङ्गर 
न्यूज टुडे
राजविराज, ५ मंसिर ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ स्थित भलुवामा मंगलबार ७ किलोको अजिङ्गर भेटिएको छ । स्थानीय जगदीश यादवको गोठमा उक्त अजिङ्गर फेला परेको हो ।
अजिङ्गरलाई स्थानीयले नियन्त्रणमा लिएर कोशो टप्पु  बन्यजन्तु आरक्षको टोलीलाई जिम्मा लगाएको स्थानीय युवक अजय कुमार यादवले जानकारी दिए ।