• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
आगलागीमा १ लाखभन्दा बढी क्षति 
नर्मदेव यादव
रुपनी, ५ मंसिर ।
सप्तरीको रुपनी गाउँपालिका २ स्थित एक घरमा सोमबार राती आगलागी भएको छ । स्थानीय मिश्रीलाल सरदारको घरमा आगलागी भएको हो ।
सोमबार राती ११ बजे भएको आगलागीमा परि १ लाख भन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ ।
आगलागीमा सरदारको घर पुर्ण रुपले जलेर नष्ट भएको रुपनी गाउँपालिका २ का वडा अध्यक्ष सरोज कुमार यादवले जानकारी दिए । विधुत सर्ट भइ लागेको आगो स्थानीयबासीको सहयोगमा प्रहरीले नियन्त्रणमा लिएको उनले जानकारी दिए ।  आगो निभाउन स्थानीयबासी तुरुन्तै जुटेकोले थप क्षतिहुनबाट जोगिएको वडा अध्यक्ष यादवले जानकारी दिए ।