• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

भुकुटी मण्डपमा पाँचदिने पुस्तक प्रदर्शनी, प्रधानमन्त्री प्रचण्डले गरे उद्घाटन 

भुकुटी मण्डपमा पाँचदिने पुस्तक प्रदर्शनी, प्रधानमन्त्री प्रचण्डले गरे उद्घाटन 
शिव नारायण साह ( सुरज )
काठमाडौ, ५ मंसिर ।
पुस्तक तथा स्टेशनरी महासंघले काठमाडौको भृकुटी मण्डपमा पाँचदिने साउथ एसिया इन्टरनेशनल फेयर २०२३ ( पुस्तक प्रदर्शनी ) को आयोजना गरेको छ ।

मंसिर ५ गतेदेखि ९ गतेसम्म चल्ने उक्त पुस्तक प्रदर्शनीको मंगलबार आयोजित एक समारोहका विच   प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका छन् ।

उद्घाटन समारोहमा सहभागी अतिथिगण तथा पुस्तक व्यवसायीहरु । फोटो: न्यूज टुडे
पुस्तक प्रदर्शनीको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो कार्यक्रमको आयोजनाले पठन संस्कृतिको विकास, बौद्धिक चेत जागरण, सभ्य समाज र संस्कृति निर्माणका निम्ति महत्त्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरे ।
उनले विद्यार्थीहरुलाई विदेश पलायनबाट रोक्न तथा विदेशी विद्यार्थीहरुलाई आकर्षण बढाउने उदेश्यले सरकारले विद्यालय शिक्षा विधेयक ल्याएको बताए ।
“अहिले विद्यालय र विश्वविद्यालयहरु खाली हुने अबस्था सिर्जना भएको छ, प्रधानमन्त्री प्रचण्डले भने, विद्यार्थी पलायनलाई रोकि विदेशी विद्यार्थी आकर्षणको केन्द्र विन्दु बनाउन सकेमात्र शिक्षा क्षेत्र बदलिन सक्छ ।”
 शिक्षा नीतिलाई युवा उपयोगी बनाउनु पर्ने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले विद्यालय शिक्षा विधेयक लागू भएपछि देशको शिक्षा क्षेत्रमा ठुलो परिबर्तन आउने दाबी गरे ।
देशमा खस्किदो शैक्षिक अबस्थालाई सुधार गर्न सबैको सहयोग आबश्यक हुनेमा जोड दिदै प्रधानमन्त्री प्रचण्डले सरकार शिक्षा क्षेत्रको सर्वाङ्गिण विकासमा प्रतिबद्ध रहेको बताए ।

कोरोना महामारीले देशको आर्थिक अबस्था लथालिङ्ग हुन पुगेको बताउदै उनले देशमा आउन सक्ने आर्थिक संकटको सबैमिलेर सामना गर्न आग्रह गरे ।

कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज शर्मा, एकता बुक्सका रामचन्द्र तिमोथी, उधोग बाणिज्य संघका उपाध्यक्ष अन्जन श्रेष्ठ, चीनिया राजदुत र भारतीय राजदुतलगायतका विभिन्न देशका पुस्तक तथा स्टेशनरी व्यवासायीहरुको उपस्थिति रहेको थियो । 
कार्यक्रमको संचालन शिवसागर शर्मा र शिवानी थापाले संयुक्त रुपमा गरेका थिए  ।