• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सप्तरीमा दुई राष्ट्रिय खेलाडी सम्मानित 

सप्तरीमा दुई राष्ट्रिय खेलाडी सम्मानित 
न्यूज टुडे
राजविराज, ५ मंसिर ।
सप्तरी जिल्ला खेलकुद विकास समितिले जिल्लाका दुईजना राष्ट्रिय खेलाडीलाई सम्मान गरेको छ। राजविराज ७ स्थित आफ्नै कार्यालयमा मंगलबार आयोजित एक कार्यक्रमका विच राष्ट्रिय क्रिकेट खेलाडी विवेक कुमार यादव र भारोत्तोलन खेलाडी यादव संजयलाई सम्मान गरेको हो ।
सम्मानित भारोत्तोलन खेलाडी यादव संजय । फोटो: न्यूज टुडे
खेलकुद विकास समितिका कार्यालय प्रमुख दिनेश भुजेलको अध्यक्षतमा आयोजित कार्यक्रममा प्रमुख अतिथि मधेस प्रदेशका शिक्षा तथा समाजकल्याण मन्त्री महेश प्रसाद यादवले जनही नगद ५ हजार १ सय राशीको नगद पुरस्कारसहित प्रमाणपत्र , दोसल्ला ओढाएर सम्मान गरे ।
उनिहरुले राष्ट्रिय टोलिको प्रतिनिधित्व गर्दै सप्तरीसहित देशकै गरिमा उच्च बनाएकोले अझै खेलमा प्रोत्साहन गर्ने उदेश्यले सम्मान गरिएको कार्यालय प्रमुख भुजेलले जानकारी दिए ।

सप्तरी जिल्ला निवासी विवेक कुमार यादवले नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रतिनिधित्व गर्दै नेपाललाई टि- ट्वान्टी विश्वकपका लागि छ्नौट भइ विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।

सम्मानित राष्ट्रिय खेलाडीसंगै मन्त्री यादवसहित सहभागीहरु सामुहिक तस्वीरमा । फोटो : न्यूज टुडे
यसैगरी सप्तरी निवासी यादव संजयले भारतमा आयोजित एशियन युथ र युनियर भारोत्तोलन च्याम्पियनसिप-२०२३ मा सहभागी भई चौथो स्थान हाँसिल गरेका थिए ।
 कार्यक्रममा क्रिकेट संघका केन्द्रिय सदस्य एवम् सप्तरी अध्यक्ष आयुष श्रेष्ठ, जिल्ला फुटबल संघ सप्तरीका अध्यक्ष राज कुमार परियार, नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण देव, कोषाध्यक्ष नवीन गुप्ता, निबर्तमान सहसचिव चन्दन कुमार यादव, प्रदेश परिषद सदस्य बृजमान तामाङ, विभिन्न विधाका प्रशिक्षक तथा खेलाडीहरुको उपस्थिति रहेको थियो ।