• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

खेलाडीहरुलाई राज्यले संरक्षण गर्नु जरुरी छ : मन्त्री यादव 

खेलाडीहरुलाई राज्यले संरक्षण गर्नु जरुरी छ : मन्त्री यादव 
न्यूज टुडे
मधेश प्रदेशका शिक्षा मन्त्री महेश प्रसाद यादवले विभिन्न खेलका प्रतिभालाई राज्यले संरक्षण गर्नु नसक्नु दुर्भाग्यपूर्ण रहेको बताएका छन् ।

सप्तरी जिल्ला खेलकुद विकास समितिद्वारा  राजविराजमा मंगलबार आयोजित खेलाडी सम्मान कार्यक्रममा बोल्दै उनले खेलाडीहरुलाई राज्यले संरक्षण गर्नुपर्ने जरुरी रहेको बताएका हुन् ।

सम्मानित राष्ट्रिय खेलाडीहरुसहित मन्त्री यादव सामुहिक तस्वीरमा । फोटो : न्यूज टुडे
क्रिकेटका राष्ट्रिय खेलाडी विवेक यादव र राष्ट्रिय भारोत्तोलन खेलाडी यादव संजयलाई सम्मान गर्दै मन्त्री यादवले खेलाडीहरुलाई राज्यले संरक्षण गर्नुपर्नेमा जोड दिए ।
“देशमा होनहार खेलाडी उत्पदन भइरहेको छ तर जिविकोपार्जनमा समस्या हुँदा विदेश तथा अन्य क्षेत्रमा पलायन हुने गरेको छ, उनले भने, खेलाडीको संरक्षण गर्नु नसक्नु दुर्भाग्यपूर्ण हो,राज्यले खेलप्रति चासो नदिँदा दिनप्रतिदिन ह्रास आएकोले राज्यले नै खेलाडी संरक्षण गर्नु जरुरी छ । “
उक्त अवसरमा मन्त्री यादवले सप्तरीका खेलाडीहरुलाई टिकाउन र उनिहरुलाई प्रोत्साहन गर्न आफ्नो पारिश्रमिकबाट १ लाख सहयोग गर्ने घोषणा गरे ।
आफू पनि खेलाडी रहेको साथै खेलाडीको पीडा नजिकबाट बुझेको बताउदै मन्त्री यादवले आफुलाई सप्तरीबासीले दिएको जिम्मेवारी बहन गर्दै सहयोगको घोषणा गरेको तथा यसमा जिल्लाका अन्य माननीय, मन्त्री, जनप्रतिनिधिहरुको पनि सहयोग हुने विश्वास व्यक्त गरे ।
सप्तरीमा क्रिकेट मैदान निर्माण तथा राजरंगशालाको स्तरोन्नति लगायतमा आफ्नो कार्यकालमा खेलकुदको विकासका लागि धेरै सहयोग गरेको चर्चा गर्दै मन्त्री यादवले आफ्नै पहलमा प्रदेशबाट १ करोड र राष्ट्रिय योजना आयोगबाट १ करोड ५० लाख बजेट विनियोजन भएकोले मधेश प्रदेशकै उत्कृष्ट खेलमैदानको रुपमा राजरंगशाला वन्ने दाबी गरे ।
नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देवले खेल क्षेत्रमा लगानी बढाएर युवा शक्तिलाई प्रोत्साहन गर्न सके लागू औषध प्रयोग न्यूनीकरणमा टेवा पुग्ने बताए ।
क्रिकेट संघका केन्द्रिय सदस्य एवम् सप्तरी अध्यक्ष आयुष श्रेष्ठले खेलाडीप्रति राज्य गम्भीर नहुँदा विभिन्न समस्याको सामना गर्नु परेको बताए ।
क्रिकेटमा मधेश प्रदेशमा उत्कृष्ट खेलाडी भएपनि ती खेलाडीहरु अन्य प्रदेशबाट खेल्न बाध्य भएको बताउदै श्रेष्ठले प्रदेश सरकारले खेलाडीहरुको व्यवस्थापन गर्ने हो भने क्रिकेटमा मधेस प्रदेश सधै देशकै उत्कृष्ट भइरहने दावी गरे ।
सप्तरी जिल्ला खेलकुद विकास समिति राजविराजका कार्यालय प्रमुख दिनेश भुजेलको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्ला फुटबल संघ सप्तरीका अध्यक्ष राज कुमार परियार, विभिन्न खेलका प्रशिक्षक तथा खेलाडीहरु, संचारकर्मीहरुको उपस्थित रहेको थियो । उक्त अवसरमा दुबैजना राष्ट्रिय खेलाडीहरुलाई मन्त्री यादवले ५ हजार १ सय  राशीसहित प्रमाणपत्र दोसल्लाबाट सम्मान गर्दै उज्ज्वल भविष्यको शुभकामना समेत व्यक्त गरे ।
कार्यक्रमको संचालन पत्रकार चन्दन यादवले गरेका थिए ।