न्यूज टुडे
राजविराज, ४ मंसिर ।
सप्तरीको कन्चनरुप नगरपालिका ३ का प्रकाश साहले आफ्नै काकाले आफुमाथि झुठो आरोप लगाएर चरीत्र हत्या गर्ने प्रयास गरेको बताएका बताएका छन् ।
साहले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै काका नाता पर्ने ६२ बर्षिय दशरथ साहले उपस्थित नै नभएको घटनासंग जोडेर आफ्नो चरीत्र हत्या गर्न खोजेको बताएका हुन् ।
म उपस्थिति नै नभएको घटनामा मैले कुटपिट गरेको झुठो एवम् कपोकल्पित आरोप लगाएर संचार माध्यममा समाचार प्रकाशित गरेको प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ, साहद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
गत शुक्रबार विहान ८ बजे घरमा मेरो आमा र भाउजूसंग काका दशरथ साह र निजको छोरा विजय साह बिच सामान्य झैझगडा भएको हो तर म उक्त घटनामा उपस्थित पनि नभएको तर मुख्य दोषी नै मलाई बनाएर संचार माध्यममा समाचार प्रकाशित गर्न लगाएर मेरो चरीत्र हत्या गर्ने प्रयास गरिएको छ, विज्ञप्तिमा भनिएको छ, उक्त झै झगडामा मेरो ७१ बर्षिय आमा चनियादेवी साह समेत घाइते भएको र स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
घटनाको विषयमा आमाले विपक्षीहरु विरुद्ध इलाका प्रहरी कार्यालय कंचनपुरमा उजुर समेत दिएको छ तर मेरो काका र उनको छोराले जिल्लामा कपोकल्पित घटना बनाएर समाचार प्रकाशित गराएको छ, प्रेस विज्ञप्तिमा भनिएको छ ।
२०७२ जेठ १५ गते काकासंग १ कठ्ठा साढे १३ धुर जग्गा खरिद गरेर लिएको दावी गर्दै प्रेस विज्ञप्तिमा काकाले आफुसंग घर व्यवहार चलाउनका लागि पटक- पटक गरि ४ लाख १५ हजार रुपैयाँ लिएको तथा ३ लाख ५१ हजारको कपाली कागज आफुसंग सुरक्षित रहेको विज्ञप्तिमा उल्लेख छ ।
जिल्ला प्रशासन कार्यालयमा आफू विरुद्ध काकाले मिटर व्याजी मुद्दा दिएको स्वीकार गर्दै साहले आफू नियम बमोजिम व्यहोर्न तयार हुँदा समेत त्यसलाई निहुँ बनाए आफ्नो चरीत्र हत्या गर्न खोजिएकोले सार्वजनिक जिवनमा नकारात्मक प्रभाव पर्ने भएकोले सत्यतथ्य जानकारीको लागी विज्ञप्ति प्रकाशित गरिएको जनाइएको छ ।
मिटर व्याजी प्रकाश साहले सुकसेन साहको सहयोग लिएर म विरुद्ध मिटर व्याजी मुद्दा किन दर्ता गरिस भन्दै शुक्रबार विहान ८ बजे घरमै बोलाएर आफुलाई निर्घात कुटपिट गरेको दशरथको आरोप छ ।