सप्तरीको खडक नगरपालिका र बाेदेबरसाइन नगरपालिकाकाे बिचमा पर्ने खडक खोलामा गोरुगाडा दाैड प्रतियाेगिताकाे आयाेजना गरिएको छ । खडक खोलामा कार्तिक मास स्नान र नवाह यज्ञकाे अन्तिम दिन शनिवार गाेरुगाडा दाैड प्रतियाेगिता आयाेजना गरेकाे हाे ।
कार्यक्रममा बोल्दै निवर्तमान प्रदेशसभा सदस्य अनिरुद्व कुमार सिंह यादव । फोटो: न्यूज टुडे
स्थानीय युवाहरुको सक्रियतामा गाउँवाट सहयाेग लिएर प्रतियोगिता आयाेजना गरेका हुन् ।
। यज्ञ समापनकाे दिन गोरुगाडा दाेड प्रतियाेगिताले मेला भरिभराउ हुँदा यज्ञकाे राैनकता बढेको युवक अर्विन्द कुमार यादवले बताए ।
गाेरु पाल्न छाडेपछि शनिबार गाेरुगाडा दाैड प्रतियोगिता आयाेजनाले खडक नदिकाे वारिपारि दुबैपट्टी मानिसको भिड बाक्लो लागेको उनले बताए ।
गाेरुगाडा दाैड प्रतियोगिता हेरेर बाेदेबरसाइन र खडक नगरपालिकासंगै बाहिर जिल्ला र छिमेकी मुलुकवाट आएका भक्तजनले आनन्द लिएका थिए ।
११ जोडा गाेरुगाडा दाैडमा सहभागी भएकोमा ३ सहभागी कृषकलाई पुरस्कृत गरिएको थियाे ।
सहभागी मध्ये सप्तरी सखुवानन्कटि ५ का संताेष प्रसाद यादवले प्रथम पुरस्कार प्राप्त गरे । उनलाई मेडल ४० केजी पिना, १ थान बालटिन, २ थान घुघुर र १ गम्छाबाट सम्मान गरिएको थियो ।
यस्तै सिरहा फूलवडियाकाे महेन्द्र यादवले दाेस्राे पुरस्कार पाप्त गरे । उनले मेडल, तकमा, ३५केजी पिना, १ बालटिन, २ घुघुर १ गम्छा प्राप्त गरे । त्यसतै सप्तरी डहवारीका नरेश यादव गाेरुगाडा दाैडमा तेस्रो स्थान प्राप्त गर्दै मेडल, २५ केजि पिना, १ बालटिन र १ गम्छा प्राप्त गरे ।
गाेरुगडा दाैड प्रतियोगितामा राष्ट्रिय सभा सदस्य मृगेन्द्र कुमार सिंह यादव, सप्तरी क्षेत्र न ४(ख) बाट निवार्चित प्रदेशसभा सदस्य अनिरुद प्रसाद सिंह यादव, र बाेदेबरसाइनका कार्यबाहक नगर प्रमुख रेणु कुमारी साहले क्रमशः प्रथम ,द्वितीय र तेस्रो पुरस्कार वितरण गरेका थिए ।