कंकालिनी युवा क्लबद्वारा सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका २ सितापुर नयाँटोलमा संचालित दोश्रो पच्चशिल्ड फुटबल प्रतियोगिताको उपाधि आयोजक सितापुरले हात पारेको छ । नयाँ टोल स्थित खेल मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा महुली ११ एफसीलाई पलान्टीमा पराजित गर्दै कंकालिनी युवा क्लब सितापुर नयाँटोलले उपाधि माथी कब्जा जमाएको हो ।
विजेता टिमलाई पुरस्कार प्रदान गर्दै गाउँपालिका अध्यक्ष दिनानाथ चौधरी । फोटो: न्यूज टुडे
दुबै टिम विच कडा प्रतिस्पर्धा भएको खेलको निर्धारित ६० मिनेटको खेल अबधिमा कुनै पनि टिमले गोल गर्न नसकेपछि पलान्टी मार्फत खेलको छिनोफानो गरिएको थियो ।
पलान्टीमा दुबै टिमले ८-८ पटक गोल प्रहार गरेपनि कंकालिनी युवा क्लब सितापुर नयाँटोलका गोल रक्षक रितेस चौधरीले २ गोल रोक्न सफल भएपछि ६ -७ गोलले जित हाँसिल गरेको समितिका अध्यक्ष उमेश कुमार चौधरीले जानकारी दिए ।
उपविजेता टिमलाई द्वितीय पुरस्कार हस्तान्तरण गर्दै वडा नम्बर २ का अध्यक्ष पशुपति प्रसाद चौधरी । फोटो:न्यूज टुडे
प्रतियोगितामा सहभागी विजेता तथा उपविजेता टिमलाई एक समारोहका विच पुरस्कार वितरण गरिएको थियो ।
आयोजक समितिका अध्यक्ष चौधरीको अध्यक्षमा आयोजित कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष दिनानाथ चौधरीले विजेता टिमलाई नगद, शिल्ड, मेडल, प्रमाणपत्र प्रदान गरे । यसैगरी उपविजेता टिमलाई विशिष्ट अतिथि वडा नम्बर २ का वडा अध्यक्ष पशुपति प्रसाद चौधरीले नगद, कप, मेडल प्रमाणपत्र प्रदान गरे ।
खेलाडीहरुसंग हात मिलाएर परिचय गर्दै गाउँपालिका अध्यक्ष चौधरीसहित अतिथिगण । फोटो : न्यूज टुडे
कार्यक्रममा उपाध्यक्ष कल्पना कुमारी चौधरी, वडा नम्बर ३ का अध्यक्ष गोपाल प्रसाद चौधरी, ४ का तेज नारायण यादव, कार्यपालिका सदस्य श्रीकुमारी चौधरी, डा. ललन चौधरी, पत्रकार महासंघका प्रदेश परिषद सदस्य बृजमान तामाङ, मावि सितापुर भुर्कीका अध्यक्ष कुशेश्वर प्रसाद चौधरी, पुर्व प्रधानाध्यापक महावीर प्रसाद चौधरी,स्थानीय युवा सुरेश चौधरी, अशोक चौधरी, रमाकान्त चौधरीलगायतका स्थानीय बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो ।
शिल्ड परिक्रमा गर्दै अतिथिगणहरु । फोटो:न्यूज टुडे
कार्यक्रमको संचालन चर्चित उद्वघोषक प्रविन कुमार चौधरीले गरेका थिए ।
प्रतियोगितामा कंकालिनी युवा क्लब सितापुर नयाँ टोल, सन्यासी युवा क्लब पोखरिया, मुसहरनिया सामुहिक युवा क्लब खडक नगरपालिका ८, , प्रशवनी युवा क्लब प्रशवनी, शम्भुनाथ एफसी , जण्डोल फुटबल टिम जण्डोल, महुली ११ एफसी, र अग्नीसाइर फुटबल टिम भुर्की गरि ८ वटा टिम सहभागी थिए ।
प्रमुख रेफ्री हरिहर चौधरीलाई फुटबल हस्तान्तरण गर्दै अतिथिगणहरु । फोटो : न्यूज टुडे