• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

नेकपा समाजवादीद्वारा शुभकामना आदानप्रदान

नेकपा समाजवादीद्वारा शुभकामना आदानप्रदान
न्यूज टुडे
राजविराज, १ मंसिर ।
नेकपा एकीकृत समाजवादी पार्टी बलानबिहुल गाउँपालिकाद्वारा छ्ठ पर्वको अवसरमा शुक्रबार शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ । गाउँपालिका अध्यक्ष अशोक यादवको अध्यक्षता तथा स्थायी समिति सदस्य रामपृत पासवानको प्रमुख आतिथ्यमा एक समारोहका विच शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पासवानले निरंकुश शासन व्यवस्थालाई हटाएर समतामूलक समाज निर्माण गर्दै सबैप्रकारको भेदभावको अन्त्य भइसकेकोले अब  साँस्कृतिक समाजवाद स्थापना गर्नुपर्नेमा जोड दिए ।  उनले मुलकमा व्याप्त भ्रष्टाचार न्यूनीकरण गर्न र सबैखाले  अन्यायबाट जनतालाई मुक्त गर्न समाजवाद आबश्यक रहेको स्पष्ट पारे ।
कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य एवम् मधेश प्रदेशका कृषि मन्त्री गोविन्द बहादुर न्यौपाने, जिल्ला अध्यक्ष प्रताप नारायण चौधरी, केन्द्रिय प्रचार बिभाग सचिव प्रकाश खतिवडा, रेल्वे प्रबन्धक निरन्जन झा, पार्टी जिल्ला सचिब रामु यादव, क्षेत्रीय सभापति राजेन्द्र साह, समाजवादी प्रेस संगठनका केन्द्रिय सदस्य नर्मदेव यादवलगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे ।
कार्यक्रममा जनसाँस्कृतिक महासंघका शैलेन्द्र खतिवडा नेतृत्वको केन्द्रिय टोलिद्वारा गित तथा नृत्य समेत प्रस्तुत गरिएको थियो ।