नर्मदेव यादव
राजविराज, १ मंसिर ।
नेकपा माओवादी केन्द्र रुपनी गाउँपालिकाद्वारा रुपनी गाउँपालिका अगाडि शुक्रबार विरोध प्रदर्शनसहित दुइघण्टा धर्ना बसेको छ ।
गाउँसभा गर्न माग गर्दै नेकपा माओवादी केन्द्र रुपनी गाउँपालिकाका नेताकार्यकर्ता प्रदर्शनसहित धर्ना बसेको हो ।
माओवादी केन्द्र गाउँपालिका अध्यक्ष सिंहेश्वर साहको नेतृत्व रहेको नेताकार्यकर्ताले विभिन्न नारा लगाउदै धर्ना र कोणसभा आयोजना गरेका छन् ।
कोणसभालाई सम्बोधन गर्दै केन्द्रिय बैकल्पिक सदस्य अरुण कुमार साहले असाढ १० गतेसम्म गरिसक्नुपर्ने गाउँसभा गर्न नसक्दा जेष्ठ नागरिक, अपाङ्ग, बालबालिकासहितका लाभग्रहीहरु सामाजिक सुरक्षा भत्ताबाट बन्चित भएको र कर्मचारीहरुले तलब नपाएको भन्दै गाउँपालिका अध्यक्षको आलोचना गरे । आर्थिक बर्ष २०७९/०७९ को हिसाब सार्वजनिक गर्न नसक्ने अध्यक्ष नालायक भएको भन्दै उनले अध्यक्षलाई राजीनामा दिन सुझाव दिए ।
उनले समयमा गाउँसभा नहुँदा भ्रष्टाचार बढेको र जनता मारमा परि छ्टपटाई रहँदा समेत अध्यक्षले कुनै चासो नदिएको टिप्पणी गरे । कार्तिक २२ गते ७ दिन भित्र गाउँसभा गर्न माग राखी ज्ञापनपत्र बुझाउँदा सुनुवाइ नभएकोले बाध्य भएर आन्दोलनमा उत्रिनु परेको बताउदै उनले गाउँसभा गर्न आलटाल गरिए थप सशक्त आन्दोलन गर्ने चेतावनी दिए ।
कोणसभालाई कर्मचारी संगठनका पुर्व अध्यक्ष छोटेलाल यादव, चेत नारायण मेहता,रामकृष्ण पासवान, देवलाल माली, भरत चौधरी, गणेश यादव लगायतकाले सम्बोधन गरे । कार्यक्रमको संचालन चन्द्रदेव यादवले गरेको थियो ।