• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

अग्नीसाईरको ४ करोड २८ लाखभन्दा बढी बेरुजु असुल भएन

अग्नीसाईरको ४ करोड २८ लाखभन्दा बढी बेरुजु असुल भएन
न्यूज टुडे
राजविराज, १ मंसिर ।
अग्नीसाईर कृष्णासवरन गाउँपालिकामा करोडौं बेरुजु असुल गर्न बाँकी रहेको खुलासा भएको छ । गाउँपालिकाले विभिन्न योजना तथा कार्यक्रम संचालन गर्ने उपभोक्ता समिति, फर्म तथा व्यक्तिहरुबाट ४ करोड २८ लाख भन्दाबढी बेरुजु असुल गर्नुपर्ने पाइएको हो ।
गाउँपालिकाले आर्थिक बर्ष  २०७८/०७९ सम्ममा मात्र विभिन्न शिर्षकमा गरि ४ करोड २८ लाख २७ हजार ५ सय ३९ रुपैयाँ बेरुजु ठहर गरेको महालेखा परिक्षकको  प्रतिबेदन २०७९ मा उल्लेख छ ।
जस अनुसार संघीय संचेतीको रू ६२ हजार १८, समपुरक अनुदान साझेदारी अन्तर्गत हिरावती प्रविदेखी ठाकुरजी मावि हुँदै भोलानाथ मार्गसम्म कालोपत्रे रु ६ लाख ७९ हजार १ सय ८९, संचित कोष औधोगिक ग्राम विकास कार्यक्रम रु ३६ लाख ३८ हजार ५ सय ७९, पेश्की व्यवस्थापन नाममा रु ११ लाख ३१ हजार ८ सय, १४ जना कार्यपालिका सदस्य तथा पदाधिकारीलाई थप सुविधा रु ३ लाख २० हजार, मुल्य अभिबृद्वी कर समायोजनको नाममा रु ३ लाख ७ हजार ८ सय ४२, उपाध्यक्षको सचिवालय मर्मत रु २ लाख, दुइजना प्रविधिकलाई दोहोर भुक्तानी रु १ लाख ८६ हजार ४ सय, आधारभुत तह पाठ्यक्रम परामर्शको नाममा रु २ लाख ६ हजार १ सय ४०, औधोगिक ग्रामको दोहोर डिपिआर ९ लाख ७१ हजार ८ सय, अवधिक योजनाको नाममा रु १६ लाख, गोष्ठी अन्तरक्रिया आदि कार्यक्रम संचालनमा रु ४ लाख ३ हजार बेरुजु छ्न ।
यसैगरी राजन्ध परामर्श समितिको नाममा रु ४ लाख ९४ हजार ९ सय ४०, उपाध्यक्षलाई मोबाइलसेट रु ५९ हजार  ८ सय ९०, सिरक वितरणको लागि टेड्रस कन्सर्नलाई रु २३ लाख ६४ हजार ५ सय २५, वडा नम्बर ६ मा पन्चेश्वरनाथ र दुर्गामन्दिरमा पुजा खर्च १ लाख, सामाजिक सुरक्षा लागत कट्टा रु ९८ हजार ९ सय ९८, प्रविधि हस्तान्तरणको नाममा रू  १ लाख २ हजार ८ सय, लागत सहभागीता ५७ हजार १ सय २३, प्रधानमन्त्री रोजगार कार्यक्रम रु ५७ हजार १ सय २३,विद्यालय भौतिक पुर्वाग्रह निर्माण रु ५४ लाख,  कार्यसम्पादनमा आधारित प्रोत्साहन अनुदानमा ६ लाख ५० हजार, शिक्षाको प्रविधि ग्रेड रु ५२ हजार ३ सय ६४, खाजाभत्ता रु ७६ हजार ५०, पेश्कीमा व्याज ५४ हजार, जोखिम पेश्कीको नाममा रु ८ लाख ८० हजार, पुर्व निर्धारित क्षतिपूर्ति ७ लाख ८६ हजार ६ सय ६६ रहेको छ ।
यस्तै कजलादह मन्दिर निर्माणमा बढी भुक्तानी रु ५८ हजार २२, ह्युम पाइप जडानमा रु १७ हजार १ सय १६, योजनाको नापी नगरी बढी भुक्तानी रु १० लाख १० हजार ९ सय ९५, दरभन्दा बढी भुक्तानी ५८ हजार २ सय ६३, वडा नम्बर २ देखि काँचनवालाको घरसम्म ढलान योजनालाई  रु ५ लाख ४ हजार २ सय १०, वडा नम्बर ५ कार्यालय काम नगरी भुक्तानी १ लाख ३० हजार २४ वार बेन्डिङ्ग सेडुल नगरि काममा रु ५ लाख १० हजार १ सय ६५, बढी भुक्तानी १ लाख १० हजार ८ सय ६, खानेपानी सम्बन्धि सामान खरिद  रु २६ लाख २ हजार ६ सय ९३,  समरसिवल पम्प दोहोर जडान खर्च रु १ लाख २७ हजार, दोहोर भुक्तानी ५८ हजार ५ सय ४१,दर्ता भएको फर्म कर बिजक जारी नगरेको रु २२ हजार ७ सय ५०, गाउँपालिका मर्मत तथा गौरी खोलामा झोलुङ्गे पुलमा रु ४ लाख २७ हजार ८ सय २३, जिल्ला दरभन्दा बढी भुक्तानी पालिका कार्यालय मर्मत रु१७ हजार ८७ बेरुजु छ्न ।
यसैगरी खानेपानीमा दर राखी बढी भुक्तानी १५ लाख २९ हजार २ सय ७, नदि नियन्त्रणमा रु २ लाख, मर्मत सम्भार तथा ग्राभेल खरिद उपभोक्ता समितिलाई रु २१ लाख ८० हजार १ सय ४२, व्यावसाय कर ९ लाख २२ हजार ५ सय, विद्यालयहरुको कक्षा अपग्रेड शुल्क ३० हजार,  विज्ञापन करको बाँडफाँड रु २१ हजार २ सय १६, घर बाहल कर बापत विभिन्न विद्यालय रु ३६ हजार ३ सय, इजाजत पत्र अनुमति रु ४ हजार ५ सय, नक्सा दस्तुर १५ हजार ९०, राजस्व दाखिला हुन बाँकी रु १ लाख ५६ हजार, २ सय १४ बेरुजु असुल गर्नुपर्ने महालेखाको प्रतिबेदनमा उल्लेख छ ।
स्थानीय सरकार संचालन ऎन २०७४ को दफा ८४ मा बेरुजु फछ्र्यौट गर्ने व्यवस्था छ । सोही ऎननको दफा ८४ (२) बमोजिम बेरुजु फछ्र्यौट गर्ने गराउने कर्तव्य प्रमुख प्रशासकीय अधिकृतको हुने व्यवस्था छ । सोही ऎनलाई टेकेर तेज नारायण यादवको नाममा रहेको पेश्की रु  ५ लाख, श्रीप्रसाद यादवको नाममा रहेको रु ६ लाख ४० हजार बेरुजु फछ्र्यौट गरि सोहि मध्येबाट व्याज रकम  ५० हजार सम्बन्धितलाई फिर्ता गरि १० लाख ९० हजार बैंक दाखिला गरिएको प्रतिबेदनमा जनाइएको छ ।