• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
मंसापुरमा एकैरात तीन घरमा चोरी
रामनाथ यादव
राजविराज, १ मंसिर ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर
७ स्थित मंसापुरमा विहिवार राति एकै दिन तीन घरमा चोरी भएको छ । स्थानीय रामचन्द्र मण्डल, जोखनीदेवि मण्डल र कृष्णदेव मण्डलको घरबाट लाखाै नगद, गरगहना चोरी भएको हो ।
राति गाउँमा नाच हेर्न गएकाे वेला मौका छोप चोरहरूले घरभित्र रहेको दराजको ताल्चा फोडी  भित्र रहेको नगद २ लाख १० हजार,  सुनको औठि,  १० तोलाको चाँदीको पाउजु एक जोडी  ,दुई आनाको सुनको फुली, चाँदीको वाला १०  तोला ,गरगहना र नगद लगायतका  सामान चोरेर लगएको रामचन्द्रले बताए ।
यसैगरी सोही स्थानका जोखनी देवी मण्डलको घरमा  समेत चोरी भएको छ ।  चाेरले  बाकसको  ताल्चा फाेडि बाकस भित्र रहेका सरसमानहरू लगेको पीडित जोखनीले बताइन ।
यस्तै सोही ठाँउका  कृष्णकुमार मण्डलको घरमा समेत सोही रात चोरी भएको छ । काठको बाकस घर भन्दा सय मिटर बाँसको घारीमा लगी बाकसको ताल्चा तोडी बाकस भित्र रहेको एक लाख नगद तथा गरगहना चोरले लगेको पीडितले बताए ।
राति गाउँमा नाँच गान भएकोले सवै नाँच हेर्न गरेकोले वेला चोरले मौका छोपी चोरी गरेको स्थानीय जनाएको छ ।