• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

नेपालका खेलाडीले पनि कतिपय प्रतियोगितामा राम्रो प्रदर्शन गर्दै आएका छन् । यसरी उत्कृष्ट प्रदर्शन गर्नेलाई विभिन्न संघसंस्थाका तर्फबाट सम्मान गर्ने परम्परा पनि देखिने गरेको छ ।
प्रतियोगितामा उत्कृष्टता हासिल गरे पनि ती खेलाडीलाई यति सक्षम तुल्याउन सरकारी पक्षबाट जति गर्न जरुरी थियो, त्यसमा कमी रहेको कुरा जगजाहेर नै छ । नेपालका खेलाडीले जेजति सफलता हासिल गर्न सकेका छन् त्यसको पछाडि राज्यको लगानी भन्दा पनि उनीहरुको आफ्नै प्रयासले नै यहाँसम्म ल्याएको हो भन्दा अन्यथा नहोला । स्तरीय खेलमैदानको अभावका विषयमा समेत सरकारले ध्यान दिन नसकिरहेका कारण खेलाडीलाई अभ्यासमा पनि समस्या छ । खेलमा राम्रो गर्नकालागि अभ्यास अत्यावश्यक हुन्छ । तर खेलमैदानको अभावका कारणले खेलाडीहरुको यो चाहना पूरा हुन नसकिरहेको अवस्था छ । यो तीतो यथार्थ पनि हो । जब खेलाडीले कुनै प्रतियोगितामा राम्रो नतिजा ल्याएर फर्कन्छ अनि त्यसपछि उसलाई सम्मान गर्नकालागि कतै कतै त होडबाजी नै पनि चल्ने गरेको देख्न पाईन्छ ।
खेलाडीलाई यसरी सम्मान गरिँदा पनि उसको मनोबल बढ्नेमा आशंका छैन । यस्तो कार्य सकारात्मक पनि हो । तर राम्रा खेलाडी उत्पादनको लक्ष लिएर सरकारले पनि खेल क्षेत्रलाई प्रोत्साहन गर्न जरुरी छ । हुन त मुलुकमा युवा तथा खेलकूद मन्त्रालय पनि नरहेको होईन । तर मन्त्रालयले खेल क्षेत्रकालागि जति गर्नु पर्ने हो त्यसमा कमी चाहिँ अवश्य पनि छ । विद्यमान समस्याहरुले पनि यो वास्तविकतालाई पुष्टी गरिरहेका कारण यस प्रति सरकारले पनि ध्यान पु¥याउन सक्नु पर्दछ ।