नर्मदेव यादव
रुपनी,३० कार्तिक ।
रुपनी गाउँपालिकाको तेश्रो गाउँसभा सुरु भएको छ । रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादवको अध्यक्षतामा आयोजित गाउँसभा बिहिवार एक समारोहका विच जिल्ला समन्वय समिति सप्तरीका उपसभापति शम्भु कुमार यादवले उद्घाटन गरेका हुन् ।

गाउँसभा उद्घाटन गर्दै उपसभापति यादवले गाउँपालिका अध्यक्ष यादवले ढिलै भएपनि ३० बर्षे राजनीतिक अनुभवलाई उपयोग गरि गाउँसभा गर्न सफल भएको बताए । गाउँसभा गर्न सहमति जुटाएको भन्दै सम्पुर्ण कार्यपालिका सदस्यहरुलाई धन्यवाद व्यक्त गर्दै उनले स्थानीय समस्या समाधानमा एकताबद्व हुन आग्रह गरे ।
कार्यक्रममा उपाध्यक्ष पुष्पा श्रेष्ठ लौगी, वडा नम्बर ५ का अध्यक्ष गंगाराम यादव, ४ का छेदी इसर, ३ का अमरलाल मुखिया, कार्यपालिका सदस्य मुकेश कुमार कर्ण, गाउँसभा सदस्यहरु श्यामसुन्दर यादव,सुर्य नारायण मेहता, तेज नारायण चौधरीलगायतका गाउँसभा सदस्यहरु, पत्रकारहरुको उपस्थिति रहेको थियोे ।
राम कुमार चौरसियाद्वारा संचालित कार्यक्रममा स्वागत प्रमुख प्रशासकीय अधिकृत रमेश कुमार यादवले गरे ।
कार्यक्रममा ४९ करोड ५८ लाख ३२ हजार ८ सय बराबरको बजेट निति तथा कार्यक्रमको खाका तयार गरि छ्लफल सुरु गरिएको गाउँपालिका अध्यक्ष दिनेश कुमार यादवले जानकारी दिए । विभिन्न शिर्षकहरुमा विनियोजन गरिएको खाकालाई छ्लफलपछि अन्तिम रुपदिई गाउँसभाबाट पास गरिने उनले जानकारी दिए ।