• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

दोश्रो पच्चशिल्ड प्रतियोगिताको फाइनलमा सितापुर र महुली भिड्ने

दोश्रो पच्चशिल्ड प्रतियोगिताको फाइनलमा सितापुर र महुली भिड्ने
न्यूज टुडे
राजविराज, २९ कार्तिक ।
कंकालिनी युवा क्लबद्वारा सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका २  सितापुर नयाँटोलमा संचालित दोश्रो पच्चशिल्ड फुटबल प्रतियोगिताको फाइनलमा आयोजक सितापुर र महुली ११ एपसी विच भिडन्त हुने भएको छ ।  नयाँ टोल स्थित खेल मैदानमा विहिबार  सम्पन्न दोश्रो सेमिफाइनल खेलमा शम्भुनाथ एफसीलाई  ५ -६ गोलले पराजित गर्दै महुलीले फाइनलको यात्रा सुरक्षित गरेपछि आयोजक कंकालिनी युवा क्लब सितापुर नयाँटोलसंग भिडन्त हुने भएको हो ।
दुबै टिम विच कडा प्रतिस्पर्धा भएको खेलमा पहिलो हापमा महुली ११ एफसीले १ गोल गर्दै टिमलाई अगाडी बढाए ।
निर्धारित  ६०  मिनेटको खेलमा महुली ११ एफसीले थप गोल गर्दै टिमलाई अग्रस्थानमा कायम राखे ।
त्यस लगत्तै शम्भुनाथ एफसीले २ गोल फर्काउन सफल भएपछि खेललाई बराबरीमा ल्याएको आयोजक समितिका अध्यक्ष  उमेश कुमार चौधरीले जानकारी दिए ।
निर्धारित समयमा दुबै टिमले बराबर गोल गरेपछि पलान्टीमा महुली ११ एफसीले जित हाँसिल गरेको उनले जानकारी दिए । सितापुरले मुसहर्निया सामुहिक युवा क्लब खडक नगरपालिका ८ लाई पराजित गर्दै फाइनल प्रवेश गरेका थिए । 
प्रतियोगितामा कंकालिनी युवा  क्लब सितापुर नयाँ टोल, सन्यासी युवा क्लब पोखरिया, मुसहरनिया सामुहिक युवा क्लब खडक नगरपालिका ८, , प्रशवनी युवा क्लब प्रशवनी, शम्भुनाथ एफसी , जण्डोल फुटबल टिम जण्डोल, महुली ११ एफसी,  र अग्नीसाइर फुटबल टिम भुर्की  गरि ८ वटा टिम सहभागी थिए । प्रतियोगिताको फाइनल खेल कार्तिक २ गते शनिबार हुने उनले बताए । प्रतियोगितामा प्रथम र दोश्रो हुने टिमलाई नगद, शिल्ड, कप, मेडल प्रमाण-पत्रद्वारा सम्मान गरिने आयोजकले जनाएको छ ।