• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

पत्रकार एवम् साहित्यकार झाको निधन, महासंघद्वारा अन्तिम श्रद्धाञ्जली अर्पण

पत्रकार एवम् साहित्यकार झाको निधन, महासंघद्वारा अन्तिम श्रद्धाञ्जली अर्पण
न्यूज टुडे
राजविराज, ३० कार्तिक
पत्रकार एवम् साहित्यकार शुभचन्द्र झाको निधन भएको छ। मैथिली साहित्य परिषद् राजविराजको पुर्व अध्यक्ष तथा नेपाल पत्रकार महासंघ सप्तरीका पुर्व कोषाध्यक्ष  झाको बुधबार निधन भएको हो ।
पिसाब सम्बन्धि समस्याबाट पीडित झाको उपचारको क्रममा अस्पतालमा निधन भएको उनका परिवारजनले बताएका छन् ।
झाको पार्थिव शरीरमाथि नेपाल पत्रकार महासंघ सप्तरीले झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेपछि बिहिवार अन्त्यष्टी गरिएको छ ।  हनुमाननगर कंकालिनी नगरपालिका-१स्थित सप्तकोशी नदी किनारमा उनको अन्त्येष्टि गरिएको छ ।
बिहान राजविराजस्थित झाको निवास‌मा नेपाल पत्रकार महासंघ शाखा सप्तरीका अध्यक्ष श्रवण देव, उपाध्यक्ष अम्विका दाहाल, सचिव राम नारायण विश्वासको नेतृत्वमा रहेका पत्रकारहरुले स्वर्गीय झाको पार्थिव शरीरमा महासंघको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरे ‌। यसैगरी मैथिली साहित्य परिषद्को अध्यक्ष अवधेश झा, उपाध्यक्ष राजकुमार लाल दास, पुर्वअध्यक्ष सतिश दत्तलगायतका मैथिली अभियन्ताहरुले समेत उनको पार्थिव शरीरमाथि झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरिएको थियो ।
उक्त अवसरमा आम सञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्याम सुन्दर यादव, मैथिली साहित्य परिषद्का सदस्य राजिव झा, मिथिला साप्ताहिक पत्रिकाका सम्पादक जितेन्द्र कुमार झा, महासंघका कार्यसमिति सदस्य विद्यानन्द राम लगायतका पत्रकारहरु विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
परिषदको पुर्व अध्यक्ष झाको निधनप्रति शोक व्यक्त गर्दै परिषदले १३ दिनसम्म कार्यालयमा शोक पुस्तिका राखेर श्रद्धाञ्जली अर्पण गर्ने परिषदका अध्यक्ष अवधेश झाले बताएका छन् । उनले परिषदको पुर्व निर्धारित मंसिरमा हुने स्वर्ण महोत्सव तथा विद्यापती स्मृति पर्व तत्कालको लागि स्थगित गरिएको जानकारी दिए ।
केही दिनयता बिरामी रहेको झाको बुधबार उपचारको क्रममा अस्पातालमै मृत्यु भएको थियो । स्वर्गीय झा मिथिला साप्ताहिक पत्रिकाको प्रकाशन संस्था मैथिली मिडिया प्रालीका अध्यक्ष पनि थिए । उनकै प्रकाशनमा मैथिली भाषाको सूर्यांश साप्ताहिक पत्रिका राजविराज बाट प्रकाशित भईरहेको छ । स्वर्गीय झाको पत्नी, एक छोरा र तीन छोरी रहेको छ ।