• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
कल्टुदास पोखरी सरसफाइ  न्यूज टुडे
न्यूज टुडे
राजविराज, २९ कार्तिक ।
राजविराज नगरपालिका ३ को अगुवाइ तथा सप्तरी युथ नेपालको समन्वय र सहकार्यमा बिहिवार राजविराज नगरपालिका वडा नम्बर ३ स्थित कल्टुदास पोखरीको वृहत सरसफाई गरिएको छ ।
आउँदै  गरेको छ्ठ पर्वको अवसरमा पोखरी सरसफाई गरिएको हो ।
जनप्रतिनिधी, नेपाली सेना, नेपाल तथा सशस्त्र प्रहरी, सप्तरी युथ नेपाल र माँ बैष्णे काली सेवा समितिका पदाधिकारीद्वारा पोखरीको सरसफाई गरिएको थियो ।
उनीहरुले पोखरीभित्रको फोहोरका साथै चारैतिरको फोहोर समेत हटाएका छन् । राजविराज नगरपालिकाका कार्यबाहक मेयर इसरत परबिन समेत सरसफाईमा सहभागी भएकी थिइन् ।
राजबिराज नगरपालिका वडा नम्बर ३ को वडा अध्यक्ष अनिल दासको अध्यक्षतामा तथा राजबिराज नगरपालिका कार्यबाहक मेयर ईसरत प्रबिण, सप्तरी युथ नेपालको समन्वय र सहकार्यमा सरसफाई गरिएको जनाइएको छ ।