• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

मुसहर्नियालाई पराजित गर्दै सितापुर फाइनलमा प्रवेश 

मुसहर्नियालाई पराजित गर्दै सितापुर फाइनलमा प्रवेश 
न्यूज टुडे
राजविराज, २९ कार्तिक ।
कंकालिनी युवा क्लब सितापुर कंकालिनी युवा क्लबद्वारा सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका २  सितापुर नयाँटोलमा संचालित दोश्रो पच्चशिल्ड फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।  नयाँ टोल स्थित खेल मैदानमा बुधबार  सम्पन्न पहिलो सेमिफाइनल खेलमा  मुसहर्निया सामुहिक युवा क्लब खडक नगरपालिका ८लाई  ०-२ गोलले पराजित गर्दै आयोजक सितापुर फाइनल प्रवेश गरेको हो ।
कंकालिनी युवा क्लब नयाँ टोल सितापुरद्वारा आयोजित पहिलो सेमिफाइनल खेलामा प्रतिस्पर्धा गर्दै फुटबल खेलाडीहरु । फोटो:न्यूज टुडे
 दुबै टिम विच कडा प्रतिस्पर्धा भएको खेलमा पहिलो हापमा कुनै पनि टिमले गोल गर्न सकेनन् ।
निर्धारित  ६०  मिनेटको खेलमा विजेता टिमका जर्सि नम्बर ६ का सौरभ तामाङको पासलाई उपयोग गर्दै जर्सी नम्बर   १५  का  राजु तामाङले खेलको दोश्रो हापको ११ औं  मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए । यसैगरी विजेता टिमकै तर्फबाट जर्सी नम्बर ६ कै सौरभ तामाङले दिएको पासलाई जर्सी नम्बर ११ का इशान्त चौधरीले दोश्रो हापको २२ औं मिनेटमा गोल गरेपछि जित सुनिश्चित भएको थियो ।
दुबै टिम विच कडा प्रतिस्पर्धा भएको खेलमा मुसहरनियाले गोल गर्न नसकेपछि सितापुरले ०-२ गोलले  जित हाँसिल गरेको आयोजक समितिका अध्यक्ष  उमेश कुमार चौधरीले जानकारी दिए ।
प्रतियोगितामा कंकालिनी युवा  क्लब सितापुर नयाँ टोल, सन्यासी युवा क्लब पोखरिया, मुसहरनिया सामुहिक युवा क्लब खडक नगरपालिका ८, , प्रशवनी युवा क्लब प्रशवनी, शम्भुनाथ एफसी , जण्डोल फुटबल टिम जण्डोल, महुली ११ एफसी,  र अग्नीसाइर फुटबल टिम भुर्की  गरि ८ वटा टिमको सहभागीता रहेको आयोजक समितिका अध्यक्ष चौधरीले जानकारी दिए ।
भोलि बिहिवार  दोश्रो सेमिफाइनल खेल महुली ११ एफसी र शम्भुनाथ एफसी विच प्रतिस्पर्धा हुने उनले बताए । प्रतियोगितामा प्रथम र दोश्रो हुने टिमलाई नगद, शिल्ड, कप, मेडल प्रमाण-पत्रद्वारा सम्मान गरिने आयोजकले जनाएको छ ।