• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

घोषिन यादव उत्थान मञ्चको १३ औं साधारणसभा  सम्पन्न

घोषिन यादव उत्थान मञ्चको १३ औं साधारणसभा  सम्पन्न
न्यूज टुडे
राजविराज, २८ कात्तिक  ।
घोषिन यादव उत्थान मञ्च नेपालको १३ औ साधारणसभा तथा शुभकामना आदान प्रदान कार्यक्रम मंगलबार  सम्पन्न भएको छ  । घोषिन यादव उत्थान मञ्च नेपालका केन्द्रीय अध्यक्ष सोभित लाल पघैया यादवको अध्यक्षता तथा कोशी प्रदेश सभा सदस्य रामदेव अरगरिया यादवको प्रमुख आतिथ्यमा एक समारोहका विच साधारणसभा सम्पन्न भएको हो  ।
गोर्वधन पर्वको अवसरमा घोषिन यादव उत्थान मञ्च नेपालले सप्तरीको पोर्ताहमा आयोजना गरेको साधारणसभा तथा शुभकामना अदानप्रदान कार्यक्रममा घोसिन यादव उत्थान मञ्चका केन्द्रिय महासचिब राजेश कुमार गोडाहानले रु १ लाख १८ हजार ९ सय ४० को आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए  ।
 कार्यक्रममा डा. नागेन्द्र प्रसाद कोडगिया यादव, डा. जयप्रकाश मधुवान यादव,  मञ्चका पुर्व सचिव मनोज तेथवार यादव, सुसिला मंगरदैता ,छेदी अरगरिया, चितरन्जन सढोक , बिनोद रोहिता लगायतकाले  शुभकामना मन्तव्य ब्यक्त गरेका थिए  ।