• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
नेवा: समाजका दुई जेष्ठ नागरिक सम्मानित 
न्यूज टुडे
राजविराज, २८ कार्तिक ।
नेवा: समाज रुपनगरले नेवार समुदायका दुईजना जेष्ठ नागरिकलाई सम्मान गरेको छ ।
नेपाल सम्वत ११४४ को अवसरमा सप्तरीको रुपनगरमा मंगलबार आयोजित एक समारोहका विच उनीहरुलाई सम्मान गरिएको हो ।
कार्यक्रममा कन्चनरुप नगरपालिका १२ का जेष्ठ नागरिक ७६ बर्षिय लेखनाथ श्रेष्ठ र ७७ बर्षिया धनमाया श्रेष्ठ सम्मानित भएका हुन् ।
जेष्ठ नागरिक धनमाया श्रेष्ठलाई सम्मान गर्दै उपप्रमुख पोखरेल । फोटो: न्यूज टुडे
नेवा समाज रुपनगरका अध्यक्ष जित बहादुर श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि मधेश प्रदेशका पुर्व मन्त्री एवम् प्रदेश सभा सदस्य राज कुमार लेखी र विशिष्ट अतिथि कन्चरुप नगरपालिकाकी  उपप्रमुख मुना कुमारी पोखरेलले दोसल्ला ओढाएर उनीहरुलाई सम्मान गरे ।

प्रत्येक बर्ष नेपाल सम्वतको अवसरमा २ जना जेष्ठ नागरिकलाई सम्मान गर्दै आएकोमा यसबर्ष उनीहरुलाई सम्मान गरिएको नेवा: समाज रुपनगरका सचिब शंकर श्रेष्ठले बताए ।

कार्यक्रममा मन्चासिन प्रमुख अतिथि लेखीसहित अतिथिगणहरु । फोटो: न्यूज टुडे
कार्यक्रममा कन्चनरुप नगरपालिकाका पुर्व प्रमुख वसन्त कुमार मिश्र, नेपाल पत्रकार महासंघ सप्तरीका पुर्व अध्यक्ष प्रकाश खतिवडा, नेपाल आदिवासी जनजाति महासंघ सप्तरीका अध्यक्ष बृजमान तामाङ, नेवा: देय: दबु सप्तरीका अध्यक्ष मित्र नारायण श्रेष्ठलगायतका स्थानीय जनप्रतिनिधि, संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।