श्री ठाकुरजी माध्यमिक विद्यालय जण्डोलद्वारा सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर १ मा संचालित ठाकुरजी २५ औं रनिङ्ग शिल्ड फुटबल प्रतियोगिताको उपाधि यति एफ.सि धरान सुनसरीले हात पारेको छ ।
मावि जण्डोलको खेलमैदानमा सोमबार सम्पन्न फाइनल खेलमा बसहा फुटवल क्लब बसहालाई ५- ६ गोलले पराजित गर्दै धरानले उपाधिमाथि कब्जा जमाएको हो ।
उपविजेता टिमलाई पुरस्कार वितरण गर्दै गाउँपालिका अध्यक्ष चौधरी । फोटो:न्यूज टुडे
६० मिनेटको निर्धारित समयमा विजेता टिमको तर्फबाट जर्सी नम्बर ११ का दिपक गिरिले खेलको पहिलो हापको २० औं मिनेटमा गोल गर्दै टिमलाई अगाडि बढाए ।
यसैगरी खेलको दोश्रो हाफको १२ औं मिनेटमा उपविजेता टिमको जर्सी नम्बर १२ का रोहन राईले गोल गरेपछि बराबरी भएका थिए ।
दुबै टिमविच कडा प्रतिस्पर्धा भएको खेलको निर्धारित समयमा बराबरी भएपछि पलान्टी मार्फत खेलको छिनोफानो गरिएको थियो । पलान्टीमा ७-७ गोल प्रहार गरेका मध्ये विजेता टिमले ५ र उपविजेता टिमले ४ मात्र गोल गरेपछि धरानले ६ गोलेले जित हाँसिल गर्न सफल भएको आयोजक समितिका अध्यक्ष पितम्वरश्वर चौधरीले जानकारी दिए ।
शिल्ड परिक्रमा गर्दै प्रमुख अतिथि संघीय संसद साहसहित अतिथिगण फोटो: न्यूज टुडे
प्रतियोगितामा विजेता तथा उपविजेता टिमलाई एक समारोहका विच पुरस्कार वितरण गरिएको थियो ।
आयोजक समितिका अध्यक्ष पितम्वरश्वर चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि सप्तरी निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित साँसद एवम् पुर्व मन्त्री नवलकिशोर साहले विजेता टिमलाई ३५ हजार राशीको नगद पुरस्कारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरे । यसैगरी उपविजेता टिमलाई कार्यक्रमका विशिष्ट अतिथि गाउँपालिका अध्यक्ष दिनानाथ चौधरीले २५ हजार राशीको नगद पुरस्कारसहित कप, मेडल, प्रमाणपत्र प्रदान गरे ।
समापन समारोहमा मन्चासिन प्रमुख अतिथिसहित अतिथिगणहरु । फोटो: न्यूज टुडे
खेलको म्यान अफ द म्याच घोषित बसहाका नवल तामाङलाई विशिष्ट अतिथि गाउँपालिकाकी उपाध्यक्ष कल्पना कुमारी चौधरीले च्याम्पियन शिल र मेडल प्रदान गरिन ।
प्रतियोगिता समापन समारोहमा गाउँपालिका पुर्व अध्यक्ष परशुराम चौधरी, वडा नम्बर ३ का वडा अध्यक्ष गोपाल प्रसाद चौधरी,, १ का सबदुल खलिफा, ४ का तेज नारायण यादव, ५ का हरि मण्डल खंगलगायत जसपा संघीय परिषद सदस्य रामनारायण चौधरी ( गुनानन्द) प्रदेश सदस्य भोला पासवान, नेपाल पत्रकार महासंघ प्रदेश परिषद सदस्य बृजमान तामाङ, एमाले जिल्ला सचिव देवनाथ यादव, कार्यपालिका सदस्यहरु श्रीकुमारी चौधरी शोभा चौधरीलगायतका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, स्थानीय, समाजसेवी बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो ।
प्रमुख रेफ्री मोहन चौधरीलाई बल हस्तान्तरण गर्दै प्रमुख अतिथिसहित अतिथिगणहरु । फोटो:न्यूज टुडे
प्रतियोगिता अन्तर्गत गोलबजार फुटबल क्लब सिरहा, मलिथम फुटबल क्लब उदयपुर , सिसुवारी फुटबल क्लब सप्तरी, जण्डोल फुटबल क्लब जण्डोल, युनियन एफ.सी मतिगढा उदयपुर, तालतलैया फुटबल क्लब इटहरी , उपविजेता बसहा र विजेता धरान सुनसरी गरि ८ वटा टिमको सहभागिता रहेको थियो ।
खेलाडीसंग परिचय गर्दै प्रमुख अतिथि संघीय साँसद साह । फोटो:न्यूज टुडे
चर्चित उद्घोषक अर्वेन्द्र ठाकुरद्वारा संचालित कार्यक्रममा स्वागत ठाकुरजी माध्यमिक विद्यालय जण्डोलका प्रधानाध्यापक कामेश्वर मण्डलले गरे ।
खेलमैदानमा प्रवेश गर्दै खेलाडीहरु । फोटो: न्यूज टुडे